निर्वाचनमा महिला नेतृत्वका लागि एकताबद्ध

आजभोलि

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्वको सावित गर्नका लागि बागलुङका महिला नेतृ एकजुट भएका छन् । अन्तरपार्टी महिला सञ्जालको समन्वयमा बागलुङका जुनसुकै पार्टीले महिला उम्मेदवारलाई अगाडि बढाउन अग्रसरता र सबै पार्टीका महिला नेतृलाई एकजुट बनाएको छ ।

बागलुङका विभिन्न राजनीतिक दलमा आबद्ध महिलाले संविधानमा भएको व्यवस्थानुसार मुख्य पदमा फरक लिङ्ग अनिवार्य गर्नका लागि आफ्नै पार्टीमा दबाब सिर्जना गर्न एकजुट भएर आवाज उठाएका छन् । उनीहरुले आफूहरु जुनजुन पार्टीमा भए पनि बागलुङका १० स्थानीय तहका प्रमुखसहित ८५ वटै वडामा महिला नेतृत्व स्थापित गर्नका लागि एकताबद्ध भएर दबाब दिने अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कुशुम बुढाले जानकारी दिनुभयो ।

“अहिले नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०लगायतका दलमा रहेका महिलाले एकजुट भएर उम्मेदवारमा महिला अगाडि बढ्न दबाब दिइरहेका छौँ”, बुढाले भन्नुभयो, “विसं २०७४ को निर्वाचनमा गठबन्धनका नाममा संविधानमा भएको व्यवस्थासमेत कार्यान्वयन नभएर महिला अन्यायमा परेको देखियो ।”

पालिका प्रमुख तथा अध्यक्षमा अथवा उपप्रमुख तथा उपाध्यक्षमा एक जना महिला अनिवार्य संविधानले गरेको भए पनि गठबन्धनका नाममा महिलालाई स्थान नदिइएको र त्यसैले सबै पार्टीका महिला मिलेर दबाब सिर्जनासमेत गरिरहेको उहाँको भनाइ छ ।

बुढाले अन्तरपार्टी महिला सञ्चालले महिला नेतृत्वका लागि सबै दललाई दबाब दिइरहेको बताउनुभयो । बागलुङमा बाम वा लोकतान्त्रिक जुन गठबन्धन भए पनि प्रमुख र उपप्रमुखमा फरक लिङ्ग अनिवार्य गर्नुपर्ने अन्तरपार्टी महिला सञ्जालकी सल्लाहकार सकुन्तला शर्माले जानकारी दिनुभयो ।

आफूहरु अन्तरपार्टी महिला सञ्जालका माध्यमबाट साझा धारण बनाउँदै अगाडि बढेको भन्दै उनीहरुले आगामी निर्वाचनमा जबरजस्तरुपमा महिला नेतृत्व स्थापित गरेरै छाड्ने नेकपा ९एमाले० प्रदेश सचिवालय सदस्य ममतादेवी शर्माले बताउनुभयो ।

पुरुषको तुलनामा महिला मतदाता धेरै रहेको भए पनि सधँै पुरुष उम्मेदवारका लागि मत माग्ने र मत राख्ने काममा मात्र महिला परिचालन भन्दै अब मनस्थिति बदलेर परिस्थितिको सामना गर्न आफूहरु तयार रहेको महिला नेतृहरुको भनाइ छ ।

  • १८ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !