श्रीलंका संकटमा आर्थिकसँगै राजनीतिक संकट, मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

आजभोलि

काठमाडौं । श्रीलंकामा चरम आर्थिक संकट गहिरिएसँग राजनीतिक संकट समेत निम्तिएको छ । बढ्दो आर्थिक संकटकाबीच नागरिक स्तरबाट सरकारका विरुद्धमा हुन थालेको प्रदर्शनलाई रोक्न संकटकाल लगाएका बेला सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

आर्थिक संकटमा फसेको श्रीलंकामा राजनीतिक उथलपुथल तीव्र बनेको छ । आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएपछि श्रीलंकामा राजनीतिक संकट उछालिएको छ ।

श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए । तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन् ।

श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले समेत आफ्ना सबै विभागबाट राजीनामा दिएको बताइएको छ । यसअघि आइतबार राजधानी कोलम्बोमा सरकारको विरोध गरेको आरोपमा ६ सय ५० भन्दा बढी जनालाई पक्राउ गरिएको थियो ।

आर्थिक मन्दीको विरोधमा उनीहरूले कर्फ्यु तोडेर सरकारविरुद्ध र्‍याली निकालेका थिए । यसैबीच श्रीलंकामा सामाजिक सञ्जाल प्लेटफर्ममा बन्द गरिएका छन् ।

आइतबारदेखि देशभर फेसबुक, ट्विटर, ह्वाट्सएप र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल सेवा बन्द गरिएको इन्टरनेट निगरानी संस्था नेटब्लक्सले जानकारी दिएको हो । बेलायतबाट छुट्टिएर स्वतन्त्र बनेपछि पहिलो पटक श्रीलंकामा यति धेरै संकट आएको हो ।

  • २१ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !