महालक्ष्मी नगरपालिका मेयरमा राजेन्द्र लामा रिफारिस

आजभोलि

काठमाडौं । नेविसंघबाट खारिएर पार्टी राजनीतिमा उदाएका कांग्रेस नेता राजेन्द्र लामा महालक्ष्मी नगरपालिका मेयरको उम्मेदवारमा सिफारिस भएका छन् ।

लामा महालक्ष्मी नगर कार्यसमितिको समन्वयमा ललितपुर क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ कार्यसमितिबाट सिफारिस भएका हुन् । स्नातकोत्तर अध्यरत लामा नेविसंघमा पनि कुसल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने भिजन बोकेका नेताको रुपमा चिनिन्छन् ।

लामा  भन्छन्,‘आगामी निर्वाचनका लागि नेपालभर कूल १,७७,३३,७२३ मतदाता कायम रहेका छन् । त्यसमा पुरुष ८९ लाख ९२ हजार १० जना रहेका छन् भने महिलातर्फ ८७ लाख ४१ हजार ५ सय ३० जना रहेका छन् । त्यसैगरी अन्यमा १८३ मतदाता रहेका छन् ।

तर, महालक्ष्मी नगरपालिकाको सन्दर्भमा भन्नुपर्दा अहिले कूल मतदाता संख्या ३५ हजार २ सय ३० छन् भने कूल जनसंख्या १ लाख १८ हजार ७ सय १० रहेका छन् । यसअघिको निर्वाचनमा कूल मतदाताको संख्या २१ हजार ७ सय ३४ मात्रै थियो । अहिले बढेर ३५ हजार २ सय ३० पुगेको छ । महालक्ष्मी नगरपालिकामा १० वटा वडा रहेका छन् । जसमा:-
वडा नं. मतदाता सख्या
१. २९४५
२. १८५५
३. २६१०
४. ४२८१
५. ३१२१
६. ४५५८
७. २४९७
८. ७३८४
९. ४९७३
१०. १००६
कूल जम्मा ३५२३०

लामाका अनुसार उनले टिकट पाएको खण्डमा कूल ३५२३० मतदातामा २१ हजार हाराहारी मत ल्याउने दावी गर्छन् । गठबन्धनका नेताहरुले पनि उनको उम्मेदवारीलाई सकारात्मक रुपमा लिएको उनी बताउँछन् ।

युवा नेतृत्वको आवाज उठिरहँदा लामाको उम्मेदवारीलाई महालक्ष्मीका नगरवासीहरुले स्वाभाविक रुपमा लिएको बताइन्छ । लामा नेविसंघको राजनीतिबाट आएका हुनाले दरिला उम्मेदवारमध्ये पर्दछन्।

नेविसंघको देशभर संगठन सञ्जालमा परिचित भएकाले पनि लामा बलिया उम्मेदवारका रुपमा देखिएका हुन् ।

  • १ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !