तनहुँमा नेपाली सेनाका १० बेसक्याम्प स्थापना

आजभोलि

काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचन स्वच्छ, भयरहित र धाँधलीरहित बनाउन तनहुँमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको छ । जिल्लामा नेपाली सेनाको १० वटा बेसक्याम्प खडा गरी ४१५ नेपाली सेना सुरक्षार्थ खटाइएको छ ।

जोखिम क्षेत्रलाई मध्यनजर गर्दै सेनाले बेसक्याम्प बनाएर अवलोकन गरिरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । बेसक्याम्प स्थापना गरी नेपाली सेनाले वस्तुस्थिति बुझ्ने कार्य गरिरहेको छ । उहाँले भन्नुभयो, “मतदान केन्द्रमा कुनै घटना भएमा बढीमा ३० मिनेटमा नेपाली सेना घटनास्थलमा पुग्ने योजना बनाएका छौँ ।”

मतदान केन्द्रमा बल प्रयोग गर्नुपर्ने अवस्था देखिएमा जिल्ला सुरक्षा समितिको निर्णयअनुरुप सेना परिचालन गरिनेछ । बेसक्याम्पबाट नजिक रहेका मतदान केन्द्रमा बढीमा १० मिनेटमै सेनाको टोली घटनास्थलमा पुगिसक्नेछ । उच्च जोखिम मानिएका क्षेत्र नजिक नेपाली सेनाले बेसक्याम्प स्थापना गरेको हो ।

स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित तनहुँका सबै मतदान केन्द्रमा मतदान अधिकृत पुगिसकेका छन् । जिल्लामा रहेका २९७ वटै मतदान केन्द्रका लागि आवश्यक ६१ प्रकारका सामान, मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी एकैसाथ पठाइएको हो । जिल्लामा १० पालिकाका कूल ४४५ उम्मेदवारका लागि एक हजार ६३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

  • २९ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ७. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ८. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ९. नेकपा अर्थात् गफाडी क्लब !
  • १०. स्ववियु निर्वाचन र नेविसघंको भूमिका