वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षामा आवद्ध गराउने तयारी

आजभोलि

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सरकारले कार्यविधि बनाउने तयारी थालेको छ ।

बुधवार गैरआवासीय नेपाली संघ (एनआरएनए) को वालुवाटारस्थित सचिवालयमा भएको छलफलमा सामाजिक सुरक्षा कोषका अधिकारीले सम्भवतस् एक हप्ताभित्रै यससम्बन्धी कार्यविधी तयार भइसक्ने जानकारी दिए ।

कोषका कर्मचारी र संघका पदाधिकारीबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि गृहकार्य सुरु भइसकेको जानकारी दिँदै कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले एनआरएनएसँगको सहकार्यमा कोषले छिट्टै कार्यविधी बनाएर लागू गर्ने बताए ।

‘हामीले एक किसिमको ड्राफ्ट तयार गरिसकेका छौं। विभिन्न मोडालिटी छन् । एक हप्ताभित्रमा एउटा कंक्रिट तयार हुन्छ। यसमा वृहत अध्ययन र छलफल गरेर यसलाई कार्यान्वयनको पाटोमा लैजान्छौं,’ ज्ञवालीले भने ।

यसका लागि गन्तव्य मुलुका सम्बन्धित निकायसँग पनि दिपक्षीय सम्झौता समेत गर्नुपर्ने उनको भनाइ छ ।

‘श्रमिक विदेशमा विरामी परेमा, दुघर्टनामा परेमा उतैको निकायले त्यसको औषधी उपचार गर्नेगरी व्यवस्था गर्नुपर्छ। यसका लागि दिपक्षीय सम्झौता गर्नुपर्छ,’ उनले भने, ‘आजीवन अशक्तता भएमा नेपालको सामाजिक सुरक्षा कोषले समेट्ने गरी कार्यविधि तयार गर्ने तयारी छ। यस्तै कसैको मृत्युवरण भएमा पनि उनीहरूका आश्रित परिवारलाई मलमह लगाउने व्यवस्था गर्छौं।’

उनले वैदेशिक रोजगारमा जानेलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिने बेलामा नै समेट्न सकिने बताए।

कोषका निर्देशक कृष्ण अधिकारीले विदेशमा रहेका नेपालीलाई कोषमा समेट्नका लागि कोषले ’प्यासन’ को रूपमा लिएर अगाडि बढेकाले एनआरएनएले साथ दिएमा चाँडै लागू हुने बताए।

यस्तै सामाजिक सुरक्षा कोषकै निर्देशक रोहित रेग्मीले विदेशमा रहेका नेपालीलाई कोषमा आवद्ध गराउन एनआरएनएको नेटवर्क सबैभन्दा मह्त्वपूर्ण हुने बताए।

कर्मचारी संचय कोषका पूर्व प्रशासक कृष्ण आचार्यले कानूनी अड्चनलाई हटाएर वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्न आग्रह गरे।

एनआरएनए कार्यकारी अध्यक्ष कुल आचार्यले चाँडै संघ र कोषबीच सामाजिक सुरक्षामा समेट्नका लागि दुई पक्षिय समझदारी गरिने जानकारी दिए।

संघका अर्का अध्यक्ष बद्री केसीले सामाजिक सुरक्षा सम्बन्धि संघको धारणा प्रस्तुत गर्दै यसको सफल कार्यान्वयनका लागि कार्यबिधि तयार पारेर गैरआवासीय नेपाली संघ र सामजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर गरेर अगाडि बढ्नु पर्ने बताए।

वैदेशिक रोजगार तथा कल्याणकारी विभागका सभापति एवं संघका उपाध्यक्ष डिवी क्षेत्रीले वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई अनिवार्यरुपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिदा र श्रम सम्झौता गर्दा अनिवार्य सामाजिक सुरक्षा कोषमा जोड्ने शर्त राख्नु पर्ने धारणा राखे।

उपाध्यक्ष क्षेत्रीले वैदेशिक रोजगारमा रहेका नेपालीको भावानात्मक सम्बन्ध जोडिएको सामाजिक सुरक्षा योजनाको अभियान शुरुवातदेखि अहिलेसम्मको अवस्थामा आउनु सकारात्मक रहेको बताए।

सरकारले आर्थिक वर्षको बजेटमा नै विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्ने गरी कार्यक्रम ल्याउनु सकारात्मक भएको सहभागीले औल्याएका छन्।

एनआरएनएले आफ्नो १० औं विश्व सम्मेलन तथा असार २ गते सेमिनार आयोजना गरेर वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सरोकारवालाबीच छलफल चलाएको थियो।

समझादारी पत्र तयारका लागि संघका तर्फबाट उपाध्यक्ष डिवी क्षेत्री र कोषका तर्फबाट निर्देशक कृष्ण अधिकारीलाई जिममेवारी तोकिएको छ।

एनआरएनए सचिवालय हलमा आयोजना गरिएको छलफलमा भौतिक एवं जुम मार्फत एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाएका थिए।

 

  • ९ असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !