सानिमा बैंकको ५० लाख कित्ता ऋणपत्र आजबाट विक्री खुला

आजभोलि

काठमाडौं । सानिमा बैंक लिमिटेडले आज असार १० गते शुक्रबार देखि १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गरेको छ । बैंकले वार्षिक १०।२५ प्रतिशत ब्याजदर रहेकोे १०।२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामक ऋणपत्र विक्री गरेको हो ।

बैंकले प्रतिकित्ता रू। १ हजार अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । सोमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात रू।३ अर्ब बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने बैंकले जानकारी दिएको छ । सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमा कुनै सामूहिक लगानी कोषबाट आवेदन प्राप्त भएको छैन ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ । ऋणपत्र खरीदका लागि असार १४ गते सम्ममा आवेदन दिन सकिने छ । उक्त समयमा माग बमोजिम आवेदन नपरेमा असार २४ गतेसम्म समय थप हुनेछ । बैंकको ऋणपत्र निष्कासन तथा पिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी– आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस रेटिङ्ग प्रदान गरेको छ ।

 

  • १० असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !