सेञ्चुरी बैंकको संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

आजभोलि

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लिलामीमा राखिएको १८ लाख कित्ता बढी संस्थापक सेयरमा बोलपत्र पेस गर्ने बुधबार अन्तिम दिन रहेको छ ।

बैंकले ८ असारदेखि संस्थापक समूहको १८ लाख १२ हजार ८९ कित्ता सेयर बिक्रीमा राखेको थियो । यो लिलामी सेयरमा बुधबार बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

यो लिलामी सेयरमा विद्यमान संस्थापकका साथै अन्य ईच्छुक योग्य व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढी १० ले भाग जाने गरी खरिद आवेदन दिनुपर्नेछ ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

  • १५ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !