कार्यकारिणी बैठकमा उपेन्द्रले बाबुराम पक्षलाई आमन्त्रण नै गरेनन्

आजभोलि

काठमाडौं । अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रिय कार्यकारिणी समिति बैठकमा संघीय परिषदका अध्यक्ष बाबुराम पक्षधर भने अनभिज्ञ रहेका छन् । आगामी २७–२८ असारमा बोलाइएको केन्द्रीय कार्याकारिणी समितिको बैठकमा असन्तुष्ट भट्टराई पक्षधर भने अनभिज्ञ रहेका छन् ।

‘केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइयो भन्ने सुनेको छु, तर अहिलेसम्म खबर आएको छैन,’ सांसदसमेत रहेकी केन्द्रीय कार्यकारिणी समितिका सदस्य अमृता अग्रहरीले भने, ‘उपेन्द्रजीले संसदीय दलको बैठक बोलाउँदा होस् वा पार्टीको छलफल चलाउँदा होस् कसैलाई बोलाउने कसैलाई नबोलाउने गर्दै आइएको थियो, यही होला भनेर बुझौं ।’

इमेल, मोबाइल म्यासेजमार्फत बैठकको जानकारी गराउँदै आउने चलन भए पनि अहिलेसम्म भट्टराई पक्षधरका नेताहरुले बैठकका बारेमा सूचना नपाएपछि यादव पक्षधर नेताहरुसँग चासो व्यक्त गरिरहेका छन् ।

उता, यादव पक्षधर नेता मनीष सुमनले भने बैठकमा बारेमा इमेल आएको जानकारी दिए । ‘मलाईचाहिँ बैठकमा उपस्थित हुनका लागि इमेल आएको थियो, तर केही साथीहरुले कुनै खबर पाइएन भनिरहनु भएको छ, सायद बैठक आउन अझै केही दिन बाँकी रहेकाले पनि खबर आउन ढिलाइ भएको होला’ सुमनले भने ।

 

  • १८ असार २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !