पहिरोले नारायणगढ मुग्लिन सडक अवरूद्ध

आजभोलि

चितवन । नारायणगढ(मुग्लिन सडकको भरतपुर महानगरपालिमा (२९ केराबारी नजिकै मौरी पुलमा पहिरो जाँदा बिहीबार रातिदेखि नै सडक अवरूद्ध भएको छ ।

गए राति २ बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् । मौरी पुलमा सोमबार रातिदेखि पहिरोका कारण दिन दिनैजसो बाटो बन्द हुने गरेको छ । उक्त पुलभन्दा तीन सय मिटर पर रहेको डाँडा चिराचिरा परेर खोल्सामा पहिरो खसेको छ ।

वर्षा भएपछि खोल्सामा थुप्रिएको माटो‚ ढुंगा र गेग्रान बग्दै पुलमाथि आएर थुप्रिने गरेकाले पनि वर्षा हुनासाथ मौरी पुलमा बाटो बन्द हुने समस्या रहेको स्थानीयले जानकारी दिएका छन् । संघीय राजधानी काठमाडौंलाई जोड्ने मुख्य मार्ग अवरूद्ध हुँदा सयौं सवारी र यात्रु अलपत्र परेका छन् ।

  • २० श्रावण २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !