केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनमा चीनले सहयोग गर्ने

आजभोलि

काठमाडौं । चीनले केरूङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन अनुदानमा गरिदिने भएको छ।

चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री नारायण खड्का नेतृत्वको प्रतिनिधि मण्डलसँगको दुईपक्षीय वार्ताका क्रममा चिनियाँ विदेश मन्त्री वाङ यीले अनुदानमा रेलमार्गको सम्भाव्यता अध्ययन गरिदिने बताएका छन् ।

चिनियाँ विदेश मन्त्री यीले नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनमा पनि सहयोग गर्ने बचन दिएका छन् । विदेशमन्त्री यीले सन् २०२२ भित्र नेपाललाई ८० करोड चिनियाँ युआन ९१५ अर्ब बढि रूपैयाँ० नेपाललाई दिने घोषणा गरेको छ । मन्त्री खड्काले भने रासायनिक मल उपलब्ध गराइदिन र नेपालमा रासायनिक मल कारखाना सञ्चालनको सम्भाव्यता अध्ययन गरिदिन चीनलाई अनुरोध गरेको थियो ।

वार्ताका क्रममा परराष्ट्रमन्त्री खड्काले नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको भन्दै नेपाली भूमि चीनविरूद्ध प्रयोग हुन नदिने बताएका थिए ।

  • २६ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !