चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

आजभोलि

फिदिम। चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरको फिदिम नगरपालिका ११ का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। बलात्कृत बालिकाका मामाले दिएको उजुरीका आधारमा नागिन स्थित फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इनिस्पेक्टर सन्तोष राईले जानकारी दिए।

बुढाथोकीले शनिबार राती बालिकालाई बलात्कार गरेको आरोप छ। बालिकाका आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि बुढाथोकी पक्राउ परेका हुन्। ‘उजुरी दिएलगत्तै आरोपितलाई पक्राउ गरिएको छ,’ इनिस्पेक्टर राईले भने, ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।’

  • ३१ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !