एलिजाबेथको आज अन्त्येष्टि गरिंदै, विश्वका प्रमुख नेताहरू लण्डनमा

आजभोलि

लन्डन । बेलायती इतिहासमा सबैभन्दा लामो समय शासन गरेकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको राजकीय सम्मानका साथ आज (सोमबार) अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिका दिन सोमबार बेलायतमा सार्वजनिक बिदा दिइएको छ ।

ब्रिटिस राजारानीलाई राजमुकुट पहिराइने र गद्दी आरोहण गराइने ऐतिहासिक गिर्जाघर वेस्टमिन्स्टर आबीमा रानीको अन्त्येष्टि समारोह हुनेछ । सन् १९५३ मा महारानीको राज्यारोहण समारोह पनि यही गिर्जाघरमा भएको थियो । बेलायतकी महारानीको शव राखिएको शव पेटिका सोमबार बिहान स्थानीय समयअनुसार १०ः४४ बजे शाही नौसेनाको १२३ वर्ष पुरानो ‘गन क्यारेज’ मा राखेर वेस्टमिन्स्टर आबी गिर्जाघरमा लगिने बीबीसीले जनाएको छ ।

बेलायतका नयाँ राजा चार्ल्स तृतीय शवपेटिका पछाडि आफ्ना भाइ बहिनीहरूसँगै हिँड्नेछन् भने स्वर्गीय महारानीका नाति, नातिनीहरूले उनीहरूलाई पछ्याउने छन् । शवपेटिकाभन्दा अगाडि स्कटिस तथा आइरिस रेजिमेन्टहरू, ब्रिगेड अफ गोर्खाज् र रोयल एअर फोर्सका सैनिकहरू परम्परागत बाजा बजाउँदै हिँड्ने जनाइएको छ । बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुने बताइएको छ । ११।५५ बजे लास्ट पोस्ट बजाएपछि ब्रिटेनभर दुई मिनेट मौनधारण गरिनेछ । रानीका पाइपरले राष्ट्रिय गीत बजाएपछि अन्त्येष्टि समारोह टुंगिनेछ ।

महारानीको अन्तिम संस्कार विन्ड्सरस्थित किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बताइएको छ । उनका पति फिलिपसँगै उनलाई समाधिस्थ गरिनेछ । महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा गत सेप्टेम्बर ८ मा स्कटल्यान्डस्थित बाल्मोरल दरबारमा निधन भएको थियो ।

अन्त्येष्टि समारोहमा विश्व नेताहरू, बेलायती राजनीतिज्ञ, च्यारिटी संस्थाका प्रतिनिधि आदि गरी करिब २ हजार सहभागी हुने अपेक्षा छ । स्वर्गीय महारानीको अत्येष्टि समारोहमा भाग लिन विश्व नेताहरू लन्डन आइपुगेका छन् । विश्व नेताहरू एकैपटक बेलायतमा भेला भएको यो दशकौं पछिको संयोग हो ।

बेलायत सरकारले विश्वका राष्ट्रप्रमुख तथा वरिष्ठ सरकारी अधिकारी गरी झण्डै ५ सय जना पाहुनालाई आमन्त्रण गरेको छ । महारानीप्रति श्रद्धाञ्जली अर्पण गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन शनिबार राति लन्डन आइपुगेका छन् ।

त्यसैगरी, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजी, न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्दा आर्डन, भारतकी राष्ट्रपति द्रोपदी मुर्मु, चीनका उपराष्ट्रपति वाङ चिसान, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना लन्डन आइसकेका छन् । जापानका नरेश, स्पेनका राजारानी, बेल्जियमका राजारानी, स्पेनका पूर्वराजा, नेदरल्यान्ड्सका राजारानी, डेनमार्ककी रानी र राजपरिवार, स्विडेनका राजारानी, नर्वेका राजारानी, भुटानका राजा, ब्रुनाईका सुल्तान, जोर्डनका राजा, कुवेतका युवराज, लेसोथोका राजा, मलेसियाका सुल्तान, कतारका अमिर, ओमानका सुल्तान आदि आमन्त्रित पाहुना हुन् ।

  • ३ आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !