म्यानमारको विद्यालयमा सेनाले गोली चलाउँदा ६ बालबालिकाको मृत्यु, १७ घाइते

आजभोलि

यांगुन । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा कम्तिमा छ बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । विद्रोहीहरूले आफूूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ । चलाएको बताए ।

गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् । आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ । मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा सेनाले गोली चलाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

रिपोट अनुसार सेनाको हेलिकप्टरले गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा गोली प्रहार गरेको थियो । केही बालबालिकाको सेनाको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणमा घाइते बनेका केही बालबालिकाको उपचारका क्रममा मृत्यु भएको थियो । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा बिद्यालय भवनमा गोलीका खोका र रगतका टाटा देखिन्छ ।

  • ४ आश्विन २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !