डा. कोइरालासॅंग नेपाली जनसम्पर्क समिति, अमेरिकाका केन्द्रीय प्रतिनिधि मण्डलको भेट

आजभोलि

काठमाडौं । नेपाली जनसम्पर्क समिति, अमेरिकाको केन्द्रीय प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका नेता एवं नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सभापति पदका प्रत्यासी डा. शेखर कोइराला र नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य डा. शशांक कोइरालासॅंग आश्विन ६, २०७९ का दिन बिहान उहाँहरूको नीजि निवासमा भेटघाट गरेको छ । प्रतिनिधि मण्डलमा महामन्त्री क्रान्ति अर्याल भण्डारीका अतिरिक्त केन्द्रीय सल्लाहकार एवं अनुशासन समितिकी संयोजक आशा वत्स दाहाल, केन्द्रीय सदस्य गोपीकृष्ण भट्टराई र केन्द्रीय सदस्य नवराज आचार्य रहेका थिए ।

भेटघाट अत्यन्त उत्साहजनक एवं उपलब्धिपूर्ण रहेको महामन्त्री क्रान्ति अर्याल भण्डारीले बताइन् । “नेताद्वयले हाम्रो सरोकारप्रति देखाउनुभएको गहिरो चासो, चिन्ता र संवेदनशीलताप्रति हामी विशेष आभार प्रकट गर्न चाहन्छौं । नेपाली जनसम्पर्क समिति, अमेरिकामा लामो समयदेखि विद्यमान समस्याको समाधानको दिशामा उहाँहरूको महत्वपूर्ण पहलकदमी हुने कुरामा यस भेटघाटबाट हामी आश्वस्त भएका छौं ।” उनले बताइन् ।

उनले अगाडि भनिन् “करिब १० महिना अघि गत डिसेम्बर ६, २०२१ का दिन सुभाष घिमिरेको नेतृत्वमा हाम्रो नेपाली जनसम्पर्क समिति, अमेरिकाको केन्द्रीय कार्यसमिति गठन भएको थियो । विधानतः कार्यकाल समाप्त भएको वर्षौं बितिसक्दा पनि अधिवेशन गराउने कुनै मनसाय नराखेको तत्कालीन नेतृत्वले २४ घण्टा अघि सूचना जारी गरी डिसेम्बर ५, २०२१ का दिन अधिवेशनको नाटक मन्चन गरेको थियो।

समितिका पदाधिकारीहरूलाई समेत बोल्ने अवसर नदिई जूम बैठक मार्फत सम्पन्न भएको भनिएको उक्त तथाकथित अधिवेशन पछि पनि पुरानै समिति कायम रहेको दाबी गरिनुभन्दा बढी हास्यास्पद विषय अरू के हुन सक्छ रु उक्त समितिलाई विभिन्न कारणहरू देखाएर सार्वजनिक रूपमा नै अवैधानिक करार गरी अर्को समिति गठन गर्न संलग्न रहेका साथीहरू समेत उक्त नेतृत्वलाई मानेर महाधिवेशन प्रतिनिधि भई गएपछि हामीसॅंग अन्य कुनै विकल्प बाँकी नरहेपछि हामीले यो बाटो रोजेका हौं । अब हामी अमेरिकी कानून बमोजीम क्यालिफोर्निया राज्यमा दर्ता भएको आधिकारिक नेपाली जनसम्पर्क समिति, अमेरिकाको हैसियतमा अघि बढिरहेका छौं ।”

महामन्त्री भण्डारीले भनिन् “हाल हाम्रो ३४ सदस्यीय केन्द्रीय समिति रहेको छ । त्यसका अतिरिक्त ३ सदस्यीय केन्द्रीय सल्लाहकार समिति छ । एउटा केन्द्रीय अनुशासन समिति र अन्य ७ विभागहरू गठन भएका छन् । मार्बल फल्स, टेक्सास च्याप्टरमा हाम्रो ७६ सदस्यीय कार्यसमिति कार्यरत रहेको छ जसमा अन्य ३ वरिष्ठ सल्लाहकारहरू र २ सल्लाहकारहरू रहेका छन् ।

त्यस्तै डिसी, मेरिल्याण्ड, भर्जिनिया (डिएमभी) च्याप्टर २१ सदस्यीय रहेको छ भने क्यालिफोर्निया च्याप्टर कार्यसमिति ११ सदस्यीय रहेको छ जसमा अन्य ४ जना सल्लाहकार रहेका छन् । अन्य शहर र राज्यहरूमा समेत च्याप्टरहरू गठन गर्दै जाने हाम्रो नीति रहेको छ । यसरी हाम्रो नेपाली जनसम्पर्क समिति, अमेरिका शुद्धिकरण अभियानमा सयकडौं साथीहरू तथा अग्रजहरू जुटिसक्नुभएको छ । हामी फैलॅंदै छौं, बिस्तारित हुँदैछौं ।”

“हामीले गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्ने उद्धेश्यले १७३ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति मात्र बनाएनौं, समितिबाटै आर्थिक सहयोग गरी हाम्रो समितिको प्रस्तुति रहेको र डिएमभी च्याप्टर सभापति रचनाकार रहनुभएको चुनावी गीत सार्वजनिक गऱ्यौं जुन नेपालमा सर्वाधिक चलेको चुनावी गीत बन्न पुग्यो । हामीले डिजिटल फ्लायरहरू बनाएर हजारौं समक्ष पुऱ्यायौं । यसका साथै केन्द्रीय सभापति सुभाष घिमिरेज्यू र केन्द्रीय सदस्य सुशील खत्रीज्यू नेपालमा नै पुगेर चुनावी अभियानमा खट्नुभयो ।” उनले थपिन् ।

महामन्त्री भण्डारी भन्छिन् “यो दश महिनाको अवधिमा हामीले धेरै काम गरेका छौं । मार्बल फल्स, टेक्सास च्याप्टरको पदस्थापन कार्यक्रमको लागि केन्द्रीय समितिका सभापति र महामन्त्री टेक्सास पुग्यौं । उक्त च्याप्टरले भर्खरै वनभोज कार्यक्रम पनि सम्पन्न गरेको छ । त्यस्तै हाम्रो केन्द्रीय समितिले मेरिल्याण्ड राज्यमा हालै स्व प्रदीप गिरीको शोकसभा सम्पन्न गरेको छ ।”

प्रतिनिधि मण्डलका अर्का सदस्य गोपीकृष्ण भट्टराई भन्छन् “हामी सांगठनिक विस्तारमा मात्र सक्रीय छैनौं । मुलुकका जल्दाबल्दा मुद्धाहरू र नेपाली डायस्पोराका सरोकारका महत्वपूर्ण विषयहरूमा आवाज उठाउने हामी नै पहिलो अमेरिकास्थित नेपाली संस्था बन्ने गरेका छौं । चाहे त्यो एमसीसीको पक्षमा आवाज बुलन्द गर्ने कुरा होस् वा नागरिकता विधेयकको विषय ।”

महामन्त्री भण्डारी थप्छिन् “संगठनलाई एकताबद्ध गरेर अघि बढ्ने कुरामा हामी हदैसम्म लचिलो हुन तयार छौं । तर यदि कहीं कतैबाट हाम्रो सामर्थ्यलाई नजर अन्दाज गर्ने प्रयास भए हामी ती सबै प्रयासहरूको विरूद्ध सतीसाल झैं खडा रहनेछौं ।”

  • ७ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !