फोर एच नेपालद्वारा बन्दसूची पारदर्शी बनाउँन राजनीतिक दललाई आग्रह

आजभोलि

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगत बन्दसूचीका लागि पेश गरिएका उम्मेद्वारहरुको नामावली तथा सिफारिस प्रक्रिया पारदर्शी तथा विधिसम्मत नभएको भन्दै फोर एच नेपालले प्रेस विज्ञाप्ति जारी गरिएको छ ।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीको मूल्य मान्यता, निर्वाचन सम्बन्धी ऐन कानुन, राजनीतिक दलहरुको आफ्नै विधान तथा समावेशिताको सिद्धान्तविपरित नामावली पेश गरेको पाइएको छ । साथै, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुले पार्टी विधान विपरित निश्चित मापदण्ड तय नगरिकनै थपघट गरी पेश नामावली पेश गरिनु लोकतान्त्रिक प्रणालीविपरित हो ।’

जारी विज्ञप्तिमा ‘ठूला राजनीतिक दलहरुले उम्मेद्वारको बन्दसूची पेश गर्दा सम्बन्धित पार्टीको आधिकारिक निकायबाट पारित नगरी पार्टीभित्रका सिमित पदाधिकारीहरुको निर्णयको आधारमा बन्दसूची छनौट गरिनु कानुनसम्मत नभएको’ भनिएको छ ।

फोर एच नेपालले राजनीतिक दलहरुले स्थानीय तहमा उम्मेद्वार बनेर जरिवाना तोकेका, कानुनी रुपमा दण्ड सजाय जरिवना तोकिएका, सरकारी बेरुजु फछ्र्यौट नगरेका लगायतका व्यक्तिहरुको नामसमेत समावेश भएकाले उक्त नामहरु बन्दसूचीबाट हटाउन सबै राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

निर्वाचन आयोग नेपालले तोकेको निर्वाचन तालिकाभित्र तोकिएको मापदण्ड र निर्धारित कानुनी प्रावधानको आधारमा पारदर्शी विधि, लोकतान्त्रिक प्रक्रिया र समावेशी सिद्धान्तको आधारमा उम्मेद्वारहरु बन्दसूची पेश गर्न अवस्थीद्वारा जारी वक्तव्यमा भनिएको छ ।

समानुपातिक निर्वाचन प्रणाली अन्तरगतको बन्दसूचीलाई पारदर्शी, विधिसम्मत र समावेशी बनाउन प्रभावकारी भूमिका निर्वाह गर्न निर्वाचन आयोग नेपालसँग माग गरिएको छ ।

मस्वसित नेपाल (फोर एच नेपाल) ले २०७९ असोज १ गतेदेखि यहीँ २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्दै आइरहेको छ ।

  • ९ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !