सुनसरी–४ मा कार्कीको अग्रता

आजभोलि

काठमाडौं । प्रतिनिधिसभाको अन्तिम परिणाम आउने क्रम जारी छ। हालसम्म १६१ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ।

अब चार क्षेत्रको नतिजा आउन बाँकी रहेको छ। मंसिर ४ मा भएको निर्वाचनमा बाजुरा, दोलखा र स्याङ्जा १ को मतगणना नै सुरु भएको छैन। दोलखाका १० निर्वाचन केन्द्रमा भोलि मतदान हुँदैछ। स्याङ्जा १ र बाजुरामा भने अझै आयोगले निर्णय गरेको छैन।

मतगणना भइरहेको सुनसरी ४ मा भने नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन्। आज बिहान निर्वानचन आयोगमा प्रविष्ट तथ्यांक अनुसार कार्कीले २६ हजार ४७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले २५ हजार ७ सय ६ मत पाएका छन्। कार्कीभन्दा कुसियैत ३ सय ४१ मतले पछाडि परेका छन्।

हालसम्मको परिणाम अनुसार नेपाली कांग्रेसले ५४ स्थानमा जित निकाल्दा एमालेले ४४ ठाउँमा जितेको छ। यस्तै माओवादी केन्द्रले १७ स्थानमा जित निकाल्दा नेकपा एकीकृत समाजवादी पार्टीले १० ठाउँमा जितेको छ। यस्तै जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७÷७ ठाउँमा जित निकालेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार स्थानमा जित निकाल्दा नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जित निकालेको छ। यस्तै राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले १÷१ ठाउँमा जित हासिल गरेका छन्। स्वतन्त्र तर्फ ५ जना निर्वाचित भएका छन्।

समानुपातिकतर्फ ९९ सयलाख ९३ हजार ५ सय ३८ मत गणना भएको छ। पछिल्लो तथ्यांक अनुसार नेकपा एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गर्दा कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत पाएको छ।

माओवादी केन्द्रले ११ लाख ४३ हजार ५०३, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत पाएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार १०२ मत ल्याउँदा जनता समाजवादी पार्टीले ३ लाख ८८ हजार ४८२ मत पाएको छ। यस्तै प्रतिनिधिसभामा एक सिट जितेको जनमत पार्टीले ३ लाख ४६ हजार ९७० मत प्राप्त गर्दै थ्रेसहोल्ड कटाएको छ।

सत्ता गठबन्धनको आडमा १० सिट जितेको एकीकृत समाजवादी पार्टीले २ लाख ८१ हजार २ सय ४८ मत मात्रै पाएको छ। समाजवादी थ्रेसहोल्ड कटाउन संघर्षरत छ।

निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ। मतगणना जारी नै रहेकाले सदर मत कति भन्ने स्पष्ट आँकडा त आइसकेको छैन तर खसेको मत अनुमानित एक करोड सात लाख रहेको र यसमा बदर मत कटाएर बाँकी मतको तीन प्रतिशत प्राप्त गर्ने दलले थ्रेसहोल्ड पार गर्ने कानुन छ।

  • १४ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !