लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण आज

आजभोलि

दाङ । लुम्बिनी प्रदेशसभाका सांसदले आज आइतबार शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा शपथ गराउने कार्यक्रम छ । संसद अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ ।

जनमतका सांसदले मातृ भाषामा शपथ लिने
लुम्बिनी प्रदेशमा जनमत पार्टीबाट निर्वाचित सांसदले मातृ भाषामा शपथग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेशसभातर्फ निर्वाचितमध्ये दुई जनाले मधेशी (अबधी) भाषामा र एक जना सांसदले गुरुङ भाषामा शपथ ग्रहण गर्ने भएका हुन् ।

सबै सांसदहरुले प्रदेश सभा सचिवालयलाई जानकारी गराई आ–आफ्नो मातृ भाषामा शपथ गर्ने तयारी गरेको लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्र केश (सीके गुप्ताले बताए । लुम्बिनी प्रदेशमा जनमतबाट प्रत्यक्षबाट निर्वाचित सदस्यहरू प्रत्यक्षमा चन्द्रकेश (सीके) गुप्ता, समानुपातिक तर्फबाट निर्वाचित सुमन शर्मा रायमाझीले मधेशी (अबधी) र गीता गुरुङले गुरुङ भाषामा सपथ ग्रहण गर्ने तयारी गरेका छन् ।

  • १७ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !