क्यालिफोर्निायामा गोली चल्दा आक्रमणकारीसहित १० जनाको मृत्यु

आजभोलि

क्यालिफोर्निया । क्यालिफोर्नियाको मोन्टेरी पार्कको एक व्यापारिक परिसरमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । संदिग्ध आक्रमणकारी पनि मारिएका छन् ।  लस एन्जलस काउन्टी सेरिफ विभागले गोलाबारीका संदिग्ध पुरुष भएको जनाएको छ ।

चान्द्रमान अनुसार मनाइने नववर्षको अवसरमा आयोजित एक मेलाका अवसरमा व्यापारिक परिसरमा हजारौँ मानिसहरू भेला भएका थिए ।

आक्रमणपछि शहरमा प्रहरीको बाक्लो उपस्थिति थियो । आक्रमणको कारण खुलेको छैन् । सो हमला  चन्द्रमा नयाँ वर्षको उत्सवसँग सम्बन्धित छैन ।  ‘मोन्टेरी पार्कमा भएको हमला चन्द्र नयाँ वर्षको उत्सवसँग कुनै सम्बन्ध छैन जस्तो देखिन्छ’, एलए टाइम्सका जेयलन पार्कले बिबीसीसँग भने ,‘ म शनिबार दिउँसो उत्सवमा थिएँ, जहाँ दशौं हजार मनाउन भेला भएका थिए । पर्वसँग सम्बन्धित देखिँदैन ।’

अमेरिकामा सन् २०२२ मा गोली लागेर ४४ हजारभन्दा बढीको मृत्यु भएको थियो, जसमध्ये आधाभन्दा बढी आत्महत्यासम्बन्धी घटना थिए ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !