ऋचा चड्डा बनिन् फ्रन्टलाइन वर्कर

आजभोलि

मुम्बई । उत्कृष्ट अभिनेत्रीका रुपमा पहिचान बनाएकी अभिनेत्री ऋचा चड्डा जी स्टुडियोको व्यानरमा निर्माण हुन लागेको एक बेनामे फिल्ममा फ्रन्टलाइन वर्करको भूमिकामा अभिनय गर्ने भएकी छन् ।

फिल्ममा कोभिड महामारीको दोस्रो लहरमा फ्रन्टलाइन वर्करले कसरी काम गरे भन्ने विषय देखाइनेछ । जहाँ ऋचा प्रमुख भूमिकामा देखिनेछिन् ।

‘यो त्यो वास्तविक घटनामा आधारित छ, जहाँ हामी सबैले कोभिडको दोस्रो लहरमा देखेका थियौं । जहाँ नोक्सान र निराशा थियो, त्यहाँ आशा पनि थियो । फिल्मले महामारीको दौरान हाम्रो पूरा जीवनमा एक नजर लगाउनेछ । जहाँ हामी मानव हुन डराउँथ्यौं । किनकी हामीले दुरी बढाईरहेका थियौं । यो फिल्मले ती नर्स र डाक्टरको कुरा गर्नेछ, जसले निस्वार्थ भावले आफ्नो काम गरेका थिए । म यस्तै एक नर्सको भूमिकाका लागि सम्मानित महसुस गरिरहेको छु’, उनले भनेकी छन् ।

फिल्मको निर्देशन अभिषेक आचार्यले गरेका छन् । ऋचाले ‘गल्र्स विल बी गर्ल्स’को सुटिङ पनि पुरा गरेकी छन् । यो उनको होम प्रोडक्सनको पहिलो फिल्म हो ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !