शुभम् पावरले सर्वसाधारणका लागि माघ १८ गतेदेखि आइपिओ निष्कासन गर्दै

आजभोलि

काठमाडौं । शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ।कम्पनीले कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि उक्त आइपिओ बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले १० प्रतिशले हुनआउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई खुला गरिसकेको र ५ प्रतिशतले हुनआउने २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ । यसैगरी  ११ हजार ६१० कित्ता कर्मचारीहरुका लागी छुट्याएको छ।

यस कम्पनीमा आवेदकले न्यूनतम १० कित्ता देखी अधिकतममा ५ हजार कित्ताका लागिसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

उक्त सेयरमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म सबै सेयर बिक्री नभएमा निष्कासन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा सिडिएस एण्ड क्लियरिङबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर मेरो सेयर प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !