फागुनमा राप्रपा नेपालको महाधिवेशन हुँदै, यस्ता छन् निर्णयहरु

आजभोलि

काठमाडौं । राप्रपा नेपालको महाधिवेशन आउँदो फागुनमा हुने भएको छ ।

काठमाडौंमा सोमबार र मंगलबार दुईदिन बसेको केन्द्रीय समिति बैठकले आउँदो फागुन ७, ८ र ९ मा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । फागुने काठमाण्डौमा आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने संकल्पका साथ १३ वटा निर्णय गरेको छ ।

यी हुन् निर्णयहरु 

१)   बैठकले पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, उपाध्यक्ष डा. बिष्णु भण्डारीद्वारा प्रस्तुत निर्वाचन समिक्षा प्रतिवेदन, महामन्त्री भास्कर भद्राद्वारा प्रस्तुत सचिवालयको प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठद्वारा प्रस्तुत प्रशिक्षण सम्बन्धि कार्ययोजना, महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत संगठन सुदृढिकरण कार्यक्रम र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ ।

२)      बैठकले पार्टीको महाधिवेशन २०८० साल फागुन ७, ८ र ९ गते काठमाण्डौमा आयोजना गर्ने निर्णय गरेको छ ।

३)      बैठकले महाधिवेशन प्रतिनिधि सम्बन्धि विधानको दफा ३९ मा संशोधन गरेको छ ।

४)      निर्वाचनमा पराजयका वावजुद राप्रपा नेपालले अवलम्बन गरेको दर्शन, विचार र एजेण्डाको औचित्य र महत्व अझ टड्कारो रहेको हुँदा आगामि दिनमा राप्रपा नेपाल कसैसँग आत्मसमर्पण गर्ने वा कसैमा विलयमा हुनेवारे सोच्न पनि सकिँदैन भन्ने बैठकले ठहर गरेको छ । आगामि दिनमा राप्रपा नेपाल नेपाली राजनीतिमा अलग पहिचान र सुस्पष्ट विचार बोकेको दलको रुपमा अघि बढ्ने छ ।

५)      बैठकले कोरा साम्यवाद, समाजवाद वा पुँजिवाद जस्ता बिचारहरु विश्वव्यापीरुपमा नै असफल हुँदै गएको तथा नेपालमा समेत सात दशकको अभ्यास र अनुभवबाट यी मान्यताहरुले सामाजिक र आर्थिक क्षेत्रमा सुधार गर्न नसकेको यथार्थलाई दृष्टिगत गर्दै राष्ट्रियता, लोकतन्त्र, सनातन हिन्दुराष्ट्र र उदार अर्थतन्त्रको मान्यतामा आधारित ’सम्बर्द्धनवाद’लाई राष्ट्रिय राजनीतिको मुल बैचारिक धारमा स्थापित गर्न राप्रपा नेपाल प्रतिवद्ध रहनेछ ।

६)       बैठकले गत आमचुनावमा अपेक्षाकृत परिणाम प्राप्त हुन नसक्नुमा तुलनात्मकरुपमा नयाँ र कमजोर पार्टी संगठन, साधनश्रोतको अभाव, चुनावको पुर्वसन्ध्यामा पार्टी अध्यक्ष ’सूर्य’ चिन्हबाट लड्नुपर्ने वाध्यता, चुनाव चिन्हको अन्यौल र प्रभावकारी चुनावी अभियानको कमि मुख्य कारणहरु रहेको ठहर गरेको छ । आगामि दिनमा विगतका त्रुटि कमिकमजोरीहरु सच्याएर सशक्तढंगबाट अघि बढ्ने र राप्रपा नेपाललाई देशको बलियो राष्ट्रवादी, प्रजातान्त्रिक शक्ति बनाउन मन वचन र कर्मले प्रतिवद्ध रहने बैठकले संकल्प गरेको छ ।

७)      धर्मपरिवर्तनको डढेलोमा नेपालको राष्ट्रिय पहिचान र एकताको आधारको रुपमा रहेको सनातन धर्म संस्कृति र परम्परा कमजोर बन्दै गैरहेको प्रति बैठकले गंभीर चिन्ता व्यक्त गरेको छ । तिव्रगतिमा समाजको ईशाईकरण हुने देशहरुमा नेपाल अहिले विश्वमा पहिलो स्थानमा रहेको छ । अहिले नै नेपालको तेस्रो ठूलो धार्मिक समुदाय किराँत अल्पमतमा परिसकेको छ, केही वर्षमा ईसाईहरुले दोस्रो ठूलो बौद्ध धार्मिक समुदायलाई उछिन्ने छ र त्यसपछि लखेटिने पालो हिन्दुहरुको आउने खतरा बढ्दै गएको छ । यसरी धर्म संस्कृति र परम्परा माथिको संगठित र योजनावद्ध हमला रोक्न सरकार, राजनीतिक दलहरु एवं सम्बद्ध सबैमा बैठकले आह्वान गरेको छ । संविधान र कानुनले निषेध गरेको धर्मपरिवर्तन र गौ हत्या नियन्त्रण गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।

८)      अर्थतन्त्र धराशयी हुन सक्ने खतरा प्रति बैठकले सरकारको ध्यान आकर्षित गरेको छ । विगतका सरकारका अकर्मण्यता, गलत नीति, स्वार्थी प्रवृत्ति, रुस र युक्रेन बिचको युद्ध, कोभिड महामारी र विश्वव्यापि आर्थिक मन्दीको परिणामस्वरुप नेपाली अर्थतन्त्र धरापमा पर्ने खतरा बढेको छ । वजारमा तरलताको अभाव, न्युन कर्जा प्रवाह, मुद्रास्फिति, बढदो व्यापार घाटा, विकराल बेरोजगारी, विदेशी मुद्रा संचितिमा बढेको दवाव र व्यापक भ्रष्टाचार जस्ता समस्याहरु समाधानको निम्ति तत्काल प्रभावकारी र ठोस कदम चाल्न बैठक सरकारसँग माग गर्दछ ।

९)      बैठकले आगामि फागुन र चैत महिनामा धर्मनिरपेक्षताको खारेजी, सनातन हिन्दुराष्ट्र पुनर्स्थापना, प्रदेश तहको खारेजी तथा भ्रष्टाचारको विरुद्धमा देशव्यापि जनसंघर्ष कार्यक्रम संचालन गर्नेछ ।

१०) बैठकले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्न, संगठित धर्म परिवर्तन रोक्न, सनातन धर्म संस्कृतिमा रहेको विकृति र विसंगतिको अन्त्य गर्न तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र पुनर्स्थापनाको निम्ति जनमत तयार गर्न राप्रपा नेपाल आवद्ध नेपाल सनातन धार्मिक महासंघको ईकाई देशको सम्पूर्ण पालिकाका वडाहरुमा गठन गर्ने बैठकले निर्णय गरेको छ । सनातन धर्ममा आस्था राख्ने सबैलाई उक्त ईकाईमा रहेर काम गर्न बैठकले आह्वान समेत गरेको छ ।

११)  समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग सहकार्यको निम्ति वार्ता गर्न उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा महामन्त्री द्वय इन्द्र चित्रकार, राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेको समिति गठन गरेको छ ।

१२)  युवा केन्द्रित स्मार्ट पार्टीको अवधारणा र विस्तृत कार्यक्रम तयार गर्न पार्टीका महामन्त्री केशवराज श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यहरु राजाराम बर्तौला चुनेली, सुशान्त प्रसाद भद्रा, आशा बिष्ट र भरत ढकाल  रहेको कार्यदल गठन गरेको छ ।

१३)  बैठकले राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको अध्यक्षमा उज्वल पोखरेललाइ नियुक्त गरेको छ ।

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !