पठानका कारण बंगाली फिल्मको शो कटौती

आजभोलि

मुम्बई। अभिनेता शाहरुख खान आफ्नो स्पाइ थ्रिलर फिल्म ‘पठान’लिएर चार वर्षपछि दर्शकमाझ आउँदैछन् । शाहरुखलाई पुनः पर्दामा हेर्न उनका फ्यान लालयित छन् ।

रिलिजअघि नै एडभान्स बुकिङले गर्दा यसले २१ करोड बढी व्यापार गरिसकेको छ । ‘पठान’लाई लिएर एकातर्फ राम्रो प्रतिक्रिया मिलिरहँदा अर्कोतर्फ भने केही बंगाली फिल्मकर्मीहरु ‘पठान’ को सिंगल स्क्रिन रिलिजलाई लिएर गुनासो गरेका छन् ।

कोलकाताको थिएटरमा गत साता तीन ठूला बंगाली फिल्म ‘काबेरी अन्तर्धान’, ‘दिलखुश’ र ‘डाक्टर बक्षी’ रिलिज भएका छन् । यी तीनै फिल्ममा दर्शकको उपस्थिति उल्लेख्य छ । दर्शकको सकारात्मक प्रतिक्रियाको बाबजुद पनि यी बंगाली फिल्मको शोलाई कटौती गर्दै हलले ‘पठान’लाई प्राथमिकता दिएका छन् ।

बंगाली फिल्मका लागि आवाज उठाउने र टलिउड फिल्मको हितका बारेमा बोल्ने सरोकारवाला निकाय पनि ‘पठान’ का लागि बंगाली फिल्मप्रति थिएटरले गरेको व्यवहार देखेर दुःखी छन् ।

राष्ट्रिय अवार्ड विजेता अभिनेता तथा निर्देशक कौशिक गांगुलीले थिएटरवालाले ‘पठान’ रिलिजको समयमा अन्य फिल्म नलगाउने नीति अपनाएको आरोप लगाएका छन् । ‘यदी कुनै बंगाली फिल्म ५० दिनदेखि राम्रो व्यापार गरिरहेको छ र त्यो फिल्मलाई अचानक हलबाट उतारिन्छ भने यो हाम्रा लागि अस्वीकार्य हो’, उनले भनेका छन् ।

उनले सबैजना एकजुट भएर वितरण प्रणालीको अन्त्य गर्नुपर्ने बताए । ‘यदि आवश्यक पर्यो भने सरकारले यसमा हस्तक्षेप गर्नुपर्छ । बंगाली फिल्मलाई कमसेकम ५० प्रतिशत प्राइमटाइम शो दिनुपर्छ’, उनले भने ।

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !