भागबण्डा टुंग्याएर गण्डकीमा थप तीन मन्त्रीले लिए सपथ

आजभोलि

पोखरा । गण्डकी प्रदेशमा मन्त्रीहरूको भागबण्डा टुंगिएको छ । सात सदस्यीय मन्त्रालय रहेको गण्डकीमा सत्तागठबन्धनको एमालेले चार, माओवादी केन्द्रले दुई र राप्रपाले एक मन्त्री पाएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगरलाई आन्तरिक तथा कानुन मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आर्थिक मामिलाको जिम्मा दिएका छन् । सुन्दास सरकारका प्रवक्ता समेत हुन् । एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन् ।

माओवादी केन्द्रका हरिबहादुर चुमानले भौतिक पूर्वाधार मन्त्रालय र रेशम जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनेका छन् । उनीहरूलाई सोमबार साँझ नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !