विमानस्थलबाट १०१ थान पासपोर्ट बरामद

७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद

आजभोलि

काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको १०१ थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ । उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र लैजान लागेको आरोपमा विमानस्थल सुरक्षा कार्यालयले दुई जनालाई पक्राउ गरेको छ ।

उक्त राहदानी लिएर जान लागेका बेला पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ का ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व)विनयी त्रिवेणी गाउँपालिका–७ की ३८ वर्षीया सोनीकुमारी गुरुङ हुनुहुन्छ ।

पक्राउपछि उहाँहरुलाई थप अनुसन्धानका लागि कार्यालयले गए राति केन्द्रीय अनुसन्धान ब्युरोमा ल्याएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

उहाँहरुमाथि वैदेशिक रोजगारसम्बन्धी थप अनुसन्धान आवश्यक पर्ने भएकाले आजै वैदेशिक रोजगार विभागमा पठाइएको पनि थापाले बताउनुभयो ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेज जाँचका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान बिन्दुस्थित एक्स–रे गर्ने क्रममा लगेजमा शङ्कास्पद वस्तु देखिएको थियो ।

जाँच गर्दा भारत लान लागिएको अवस्थामा झोलामा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र फेला परेको थियो । उनीहरुमाथिको सोधपुछका क्रममा उक्त राहदानी रोमानियामा भिसा स्ट्याम्पिङ गर्नका लागि लान लागेको भनी वैदेशिक रोजगार विभागबाट जारी भएको भिसा स्ट्याम्पिङ निर्णय फाराम पेस गरेका थिए ।

सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त फारममा उल्लिखित विवरण भएको राहदानीहरु र उनीहरुका साथबाट बरामद भएको राहदानीहरुको विवरण फरक पर्न आएको पाइएको प्रहरीले जानकारी दिएको छ । रासस

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !