हिरो बन्नका लागि गोविन्दाले २४ लाख गायत्री मन्त्र जप गरे

आजभोलि

मुम्बई ।  बलिउडका ‘राजा बाबू’ अर्थात् गोविन्दाले आफ्नो स्टारडमका कारण बलिउडमा कुनै समय सबैलाई हैरान बनाएका थिए । एक समय यस्तो थियो कि गोविन्दाको नामले नै फिल्म सुपरहिट हुन्थ्यो । ठूला स्टार पनि गोविन्दाको अगाडि आफ्नो फिल्म रिलिज गर्न डराउँथे ।

गोविन्दाले आफ्नो करियरको सुरुवात सन् १९८६ मा रिलिज फिल्म ‘इल्जाम’बाट गरेका थिए । उनको सोही वर्ष  अर्को फिल्म ‘लव डट’ रिलिज भयो । दुवै फिल्म बक्सअफिसमा सुपरहिट भयो । यद्यपि सन् १९९२ मा रिलिज फिल्म ‘शोला और शबनम’ले गोविन्दाले कमेडी किंगको पदक नै पाए । आफ्नो करियरमा १ स्य ६५ भन्दा बढी फिल्ममा अभिनय गरेका गोविन्दाले कम उमेरमै सफलता पाए । उनी जहिल्यै आमालाई यसको श्रेय दिन्छन् ।

गोविन्दाका अनुसार उनले केवल १४ वर्षकै उमेरमा २४ लाख गायत्री मन्त्रको जप गरेका थिए । ‘मैले जे पाएँ, आमा बाबुको आशीर्वादबाट पाएँ । खास रुपमा आमाको नाम यसकाण लिन्छु कि जब म १४ वर्षको थिएँ । त्यो बेला आमाले मलाई गायत्री उपासना गर्नु भन्नुभयो । मैले २४ लाख गायत्री उपासना गरें । म कहिल्यै हिरो देखिन्न थिएँ । तर गायत्री मन्त्र जपेपछि म हिरो देखिन थालें’, उनले भनेका छन् ।

गोविन्दाले मात्र २२ वर्षको उमेरमा एकसाथ ५० फिल्म साइन गरेका थिए । यस्तो घटना मुम्बई फिल्म उद्योगमा कहिल्यै भएन । यति धेरै फिल्म साइन गरेपछि गोविन्दालाई लिएर एक पत्रिकाले कभर स्टोरी गरेको थियो, जसमा उनलाई ‘सुनको अण्डा दिने कुखुरी’ भनिएको थियो ।

  • १५ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !