खेल पर्यटन बढाउन झिल्टुङ क्रसकन्ट्री दौड

आजभोलि

नुवाकोट । पहाडी भूमिमा पर्यटन प्रबर्द्धनसहित नयाँ खेलाडी उत्पादन र खेल क्षेत्रको विकासमा टेवा पु¥याउन सुरु गरिएको झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिताको सातौँ सस्करण शनिबार सम्पन्न भएको छ ।

‘जे गरौँ, गज्जबले गरौँ’ नारासहित स्थानीय एवं राष्ट्रियस्तरका धावक सम्मिलित ‘दोस्रो झिल्टुङ क्रसकन्ट्री खुला रेस’ प्रतियोगिता आइतबार बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा सम्पन्न भएको हो ।

खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लियो क्लब अफ नुवाकोट परोपकारलगायतका संस्थाको संयुक्त पहलमा आयोजना गरिएको प्रतियोगिताको दुई विधामा महिला र पुरुषको भिन्दाभिन्दै समूह बनाएर दौड प्रतिस्पर्धा गराइएको हो ।

कोल्पुटारबाट माझगाउँ हुँदै पुनःकोल्पुटार पुग्ने १३।४ किलोमिटर दूरीको पुरुषतर्फ भूमिराज राई प्रथम, किरण बोगटी दोस्रो र विवेक राई तेस्रो हुनुभयो । महिलातर्फ कान्छीमाँया कोजु पहिलो, पुष्पा भण्डारी दोस्रो र राजपुरा पछाई तेस्रो भएको प्रतियोगिता व्यवस्थापक सुदाम लामिछानले जानकारी दिए ।

दौडमा उत्कृष्ट पहिलोलाई रु १५ हजार, दोस्रोलाई रु १० हजार र तेस्रोलाई रु पाँच हजारसहित मेडल र प्रमाणपत्र १०० वर्षीय ज्येष्ठ नागरिक यज्ञप्रसाद रिमालले प्रदान गरे । प्रतियोगितामा महिला र पुरुष गरी २९ जनाको सहभागिता रहेको थियो ।

यसैगरी, ‘क्रसकन्ट्री रन फर फन’ प्रतियोगिताअन्तर्गत २९ जना सम्मिलित ४।ं५ किमी प्रतियोगितामा पुरुषतर्फ सन्तोष योगी प्रथम, दिनेश बोगटी दोस्रो र सुवास थापा तेस्रो भए ।

यसैगरी, महिलातर्फ हुमी बुढामगर पहिलो, काजल विष्ट दोस्रो र लक्ष्मी थापा तेस्रो भएको कार्यक्रम संयोजक मोहन नेपालले जानकारी दिए ।

स्थानीय खेलाडी तथा राष्ट्रियस्तरका धावक सम्मिलित प्रतियोगिताले यहाँको पर्यटकीयस्थलको प्रवद्र्धन, खेलक्षेत्रको विकास तथा शारीरिक रुपमा स्फूर्ति जगाउन सहयोग पुगेको आयोजकले जनाएको छ ।

  • १५ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !