पेट्रोल छर्केर आत्मदाह गर्न लागेका पुरुषलाई बचाउन खोज्ने महिलाको मृत्यु  

आजभोलि

काठमाडौं । पोखरामा आइतबार शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउन खोज्ने महिलाको मृत्यु भएको छ । जलिरहेका ४३ वर्षीय कृष्ण क्षेत्रीलाई बचाउने प्रयास गरेकी क्षेत्रीकी घरधनीसमेत रहेकी संगीता सापकोटाको आज मृत्यु भएको हो ।

पोखराको काहुँखोलामा आत्मादाह गर्ने मनसाय राखी शरीरमा आगो लगाएर जलिरहेका क्षेत्रीलाई बचाउन सापकोटाले प्रयास गर्ने क्रममा आफू पनि जलेर गम्भीर घाइते भएकी थिइन् । त्यसपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा राखी उपचार जारी राखिएको थियो ।

क्षेत्री सापकोटाको घरमा स्टेशनरी पसल सञ्चालन गर्दै आएका थिए । उनले आइतबार आफैंमाथि पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका थिए ।

क्षेत्रीको शरीरको २५ प्रतिशत भाग जलेको प्रतिष्ठानले जनाएको छ । आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन ।

  • १६ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !