जापानमा हिमपहिरोमा परी दुई पर्यटकको मृत्यु

आजभोलि

टोकियो । जापानको नागानोको मध्य क्षेत्रमा हिमपहिरोमा दुई जना वेपत्ता भएको र पछि उनीहरूलाई बेहोस अवस्थामा हिउबाट निकालिएको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारी तोमोहिरो कुशिबिकीले एएफपीसँग बताएअनुसार उनीहरू एउटै समूहका विदेशी पर्यटक जोडी भएको पुष्टि भएको छ ।

“दुवै पुरुषलाई ‘कार्डियो रेस्पिरेटरी अरेस्ट’ भएको पाइएको छ,” उनले भने । यो चिकित्सकद्वारा मृत्यु भएको पुष्टि गर्नुअघि जापानमा प्रयोग हुने शब्द हो ।हिम पहिरोमा परी हराएकामध्ये तीन जनालाई स्की रिसोर्टको गस्ती क्षेत्रबाहिरबाट उद्धार गरिउको थियो । उक्त समूहका अन्य ११ जना पहिरोबाट सामान्य घाइते अवस्थामा आफै सुरक्षितस्थलमा पुगेका बताइएको छ ।

गत हप्ता, नागानोसहित जापानको धेरै भागमा हिम बर्षा हुँदा अधिकांश क्षेत्रमा भारी हिउँले ढाकेको र धेरै विदेशी पर्यटकहरू हिउ खेल्नलाई ती क्षेत्रमा पुगेको बताइएको छ । उक्त क्षेत्रमा अझैपनि हिम पहिरो र हिमपातको चेतावनी जारी गरिएको छ ।

जापानी माउन्टेन ग्याजेट पत्रिकाका अनुसार नागानोमा आइतबार भएको हिमपहिरोमा परी ३१ वर्षीय पेशेवर अमेरिकी स्की खेलाडी यर काइल स्माइनको मृत्यु भएको थियो ।

  • १६ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !