दक्षिण अफ्रिकामा जन्मोत्सव भेलामा बन्दुकधारीद्वारा आक्रमण, आठ जनाको मृत्यु

आजभोलि

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको एक सहरमा शनिबार जन्मदिन मनाइरहेका मानिसहरूको एक समूहमाथि बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

पोर्ट एलिजाबेथको दक्षिणी बन्दरगाह शहर जिकेबेर्हामा भएको गोलीकाण्डमा मारिएकामध्ये जन्मदिन मनाइरहेका घर मालिक र केही पाहुनाहरूको मृत्यु भएको हो ।

“घरका मालिकले आफ्नो जन्मदिन मनाइरहेका बेला आइतबार साँझ दुई अज्ञात बन्दुकधारी आँगनमा पसेर पाहुनामाथि गोली चलाएको प्रहरीले जारी गरेको एक विज्ञप्तिमा पुष्टि गरिएको छ ।

“बन्दुकधारीहरूले ‘अतिथिहरूमाथि अन्धाधुन्ध गोली चलाएका र आठ जनाको मृत्यु भएको’ छ भने घटनामा गम्भीर घाइते भएका अन्य तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणको कारण भने खुल्न सकेको छैन ।

पूर्वी केप प्रान्तका प्रान्तीय प्रहरी प्रमुख नोम्थेथेलेली मेनेले हत्यालाई ‘मानव जीवनको घोर अवहेलना’ भन्दै निन्दा गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दक्षिण अफ्रिका संसारको उच्च हत्या दर भएका म्लुकमध्ये एक हो र यहाँ सामान्य भनाभनबीच नै नै गोली चलाउनुलाई सामान्य मानिन्छ । अक्सर जातीय झगडा र रक्सीको कारण यस्ता हत्या हुने गर्छन् ।

गत वर्ष दक्षिण अफ्रिकाको जोहानेसबर्ग र पूर्वी शहर पिटरमारिट्जबर्गको श्रमिक वर्गको उपनगरीय इलाकामा रहेका छुट्टाछुट्टै बारहरूमा गोली चल्दा करिब दुई दर्जनको मृत्यु भएको थियो ।

गृहमन्त्री भेकी सेले, राष्ट्रिय प्रहरी आयुक्त फान्नी मासेमोला र अपराध विज्ञहरूले सोमबार बिहान घटनास्थलको अवलोकन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने बताए ।

 

  • १६ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !