मकवानपुरको सिमभन्ज्याङमा सात ताल निर्माण गरिने

आजभोलि

बागमती । मकवानपुरको सिमभन्ज्याङमा सातवटा ताल निर्माण कार्य सुरु गरिएको छ । बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ताल निर्माण गर्न लागेको हो । दुई हजार चार सय ८८ मिटर उचाइमा रहेको सो स्थान पर्यटकीय क्षेत्रका रुपमा परिचित छ ।

प्रदेश सरकारको रु ७२ लाख ६९ हजारको लागतमा हाल एक तालको निमार्ण सुरु भइसकेको र अन्य तालहरुको निर्माणको प्रक्रिया कमशः सुरु हुने सो कार्यालयका कार्यालय प्रमुख राजेश पौडेलले जानकारी दिए । पहिलो चरणमा एउटा ताल निर्माण हुने छ भने त्यसपछि बजेट आएको आधारमा अन्य ताल निर्माण प्रक्रिया सुरु गरिने बताइएको छ ।

अहिले थाहा नगरपालिका–४ स्थित सिमभन्ज्याङमा निर्माण हुने तालको तल्लो आधार निर्माण कार्य शुरु गरिएको छ । प्रस्तावित ताल निर्माणका लागि तीन मिटर उचाइको बाँध निर्माण गरिनेछ । पक्की बाँध निर्माणपछि करिब सय मिटर लम्बाइभन्दा बढी क्षेत्रफलको तालमा पानी सङ्कलन गरिने बताइएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार निर्माणाधीन तालको माथि पाँचवटा र तल एउटा ताल निर्माण गर्ने योजना रहेको छ । प्रथम चरणअन्तर्गत एउटा तालको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ ।

हाल अत्यधिक चिसोका कारण तत्काल निर्माणको कार्य रोकिएको र चिसो कम हुने बित्तिकै पुनः निर्माण कार्य सुरु गरिने बताइएको छ । त्यहाँ पहिलादेखि नै साधारण किसिमको दुईवटा प्राकृतिक ताल थियो । जनताको माग र आवश्यकताअनुसार त्यस दुईवटा ताललाई समेटेर अहिले त्यहाँ सातवटा ताल निर्माण हुन लागेको प्रमुख पौडेलले भन्नुभयो । स्थानीय करुणाभूमि सामुदायिक वनको विशेष पहलमा ताललाई वातावरणमैत्री बनाउन तथा पर्यटन आकर्षित गर्ने उद्देश्यले तालको निर्माण सुरु भएको हो ।

सो सामुदायिक वन समितिका अध्यक्ष विनोद लामाले विगत लामो समयदेखिको पहल र मागका आधारमा ताल बनाउने कार्यले सार्थकता पाउन लागेको जानकारी दिए । पहिले तारजाली र ढुङ्गामाटोले बाँध निर्माण गर्दा स्थायी नभएकाले अहिले पक्की बाँध पर्खाल बनाउन लागेको उनको भनाइ रहेको छ ।

थाहा नगरपालिकाको रु तीन लाख र स्थानीय विकास मन्त्रालयको रु सात लाख ५० हजारको लागतमा आवश्यक पूर्वाधार निर्माण भएको बताउँदै पानीको मूल निर्माणाधीन तालसँग रहेकाले पानी अभाव नहुुने उनले भने। ताल निर्माणपछि बोटिङ र फिसिङको योजना रहेको बताउँदै लामाले अहिले तालमा हालेको असला जातको माछाको उत्पादन राम्रो रहेको छ भने। ताल निर्माणपश्चात् पर्यटकको सङ्ख्या बढ्ने र स्थानीयको रोजगारी पनि बढ्ने उाको भनाइ रहेको छ । स्थानीयहरू सो ताल निर्माण हुन लागेकाले उत्साहित भएका छन् ।

  • १६ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !