साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

आजभोलि

काठमाडौँ । बङ्गलादेशमा आयोजना हुने साफ यु–२० (२) वर्षमुनि) महिला च्याम्पियनसिप फुटबलमा सहभागी हुन जाने नेपाली टोलीको आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फाका पदाधिकारीले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

साफ च्याम्पियनसिप बङ्गलादेशको राजधानी ढाकामा यही माघ २० देखि २६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भारत र भुटान सहभागी छन् । नेपालले आफ्नो पहिलो खेल बङ्गलादेशसँग माघ २० गते, दोस्रो खेल माघ २२ गते भुटानसँग र तेस्रो खेल माघ २४ गते भारतसँग खेल्नेछ ।

सिङ्गल राउण्ड रोविन लिगका आधारमा हुने उक्त च्याम्पियनसिपका शीर्ष दुई टोली फाइनल खेल्नेछन् फाइनल खेल माघ २६ गते हुनेछ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा यामबहादुर गुरुङ तथा नेपाली टोलीको कप्तान प्रिति राई छिन्।

नेपाली टोलीको गोलकिपरमा कविता विक, सावित्री किसन र लिला जोशी, डिफेण्डरमा सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यसमलाई मगर, प्रतीक्षा चौधरी र कुमारी तामाङ, मिडफिल्डरमा तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिति राई, अञ्जली मचामसी, सरस्वती हमाल र दीपा शाही तथा फरवार्डमा गरिमा राई, अमिसा कार्की, ममता पुन र अञ्जली चन्द छन् ।

  • १७ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !