निगमद्वारा कर्णालीमा अनलाईन टिकट सुरु

आजभोलि

काठमाडौं । नेपाल वायुसेवा निगमले नेपालगञ्जदेखि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा उडान भर्ने जहाजका अनलाइन टिकट बिक्री सुरु गरेको छ ।

निगमले बिहीबार ई–टिकट प्रणाली सुरु गरेको हो । नेपालगञ्जबाट हवाई यातायात जोडिएका जिल्लाहरु हुम्ला, मुगु, डोल्पा, जुम्ला, रुकुमपश्चिम र बाजुरामा ई–टिकट सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख किरण श्रेष्ठले जानकारी दिए । हिजोदेखि अनलाइन टिकट सेवा सुरु गरिएको र जिल्लाबाट फर्किदा पनि यो सेवा पहिलो पटक कार्यान्वयनमा आएको उनले बताए ।

नेकपा माओवादी केन्द्र जुम्लाबाट निर्वाचित सांसद छिरिङल्यामु लामा (तामाङ) ले कर्णाली र सुदूरपश्चिमका दुर्गममा जिल्लामा शक्ति र पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा सर्वसाधारणले सास्ती पाएको भन्दै यही माघ ९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई मागपत्र बुझाएक थिए । ४२ सिटे जहाज सञ्चालनमा ल्याउने गरी जुम्ला विमानस्थल स्तरवृद्धिको लागि लिखित पत्र दिइएको बताए । “स्थल यातायातलाई पनि सहज र सुरक्षित बनाउन कर्णाली राजमार्गको समस्याका विषयमा मन्त्री नारायाणकाजी श्रेष्ठलाई समेत भेटेर माग राखिएको छ”, सांसद लामाले भन्नुभयो, “ हेरौँ यसबाट नियमित स्थल र हवाइ यातायात हुनुका साथै नागरिक सेवामा केही सहजता आउला ।”

पर्यटन मन्त्री किरातीले टिकटमा नागरिकले भोग्नु परेको सास्ती अन्त्य गर्न तत्काल ई–टिकट लागू गरिएको बताउनुभयो । मन्त्री किरातीले यो कामका लागि सांसद लामाको पहलले सार्थकता पाउने बताए । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले ई–टिकट लागू हुँदा अब सधँै एयरपोर्ट धाउनुपर्ने अवस्था अन्त्य भएको र यसले नागरिकलाई सजिलो हुने बताए । निगम जुम्लाका प्रतिनिधि डम्बर खत्रीले जुम्लामा अनलाइन टिकट कार्यान्वयन भएको जानकारी दिए ।

  • २० माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !