नेपाली तरकारीको न्यूनतम् मूल्य निर्धारण गर्न फोर एच नेपालको माग

आजभोलि

काठमाडौं । चितवनका किसानले आफूले उत्पादन गरेको तरकारीले उचित बजार मूल्य नपाएपछि तरकारी सडकमा फालेर विरोध जनाएको एक हप्ता पुग्दा पनि सरकारले कुनै पहल कदमी नगरेको भन्दै फोर एच नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ,“किसानका मागप्रति नेपाल सरकारले चासो नदेखाउनुले सरकार किसानप्रति कति संवेदनशील छ भन्ने कुराको पुष्टि भएको छ ।” फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्वारा जारी विज्ञप्तिमा पीडित किसानका माग तत्काल पूरा गर्न र नेपाली किसानले उत्पादन गरेका वस्तुको न्यूनतम मूल्य निर्धारण गर्न माग गरिएको छ ।

विदेशबाट आयात गरिएका तरकारी सस्तो मूल्यमा बजारमा उपलब्ध हुने गरेका कारण नेपाली किसानले उत्पादन गरेका तरकारीले बजार पाउन नसकेको जनाइएको छ । साथै नेपाली किसानको बढी लागत मूल्य बढी हुनु, बजारसँग सिधै पहुँच नहुनु र बिचौलियाकोे कारण किसानले कम मूल्य पाउने गरेका छन् । र, उपभोक्ताले बढी मूल्य तिर्नु पर्ने बाध्यता रहेको वक्तव्यमा उल्लेख छ । सरकारले बिचौलियालाई नियन्त्रण गर्न नसकेको र सरकारको बजार मूल्य निर्धारण प्रणाली प्रभावकारी नभएको अवस्थीद्वारा जारी वक्तव्यमा भनिएको छ ।

नेपाली कृषि क्षेत्र, कृषि उत्पादन तथा कृषि बजारीकरणबारेमा नेपाल सरकारसँग आवश्यक तथ्यांक, आवश्यकताको पहिचान तथा व्यवस्थापन प्रणाली सम्बन्धी एकिृकत नीति, योजना तथा कार्यक्रमको अभावले कृषि सम्बन्धी समस्याको दिगो समाधान हुन नसकेको हो । वक्तव्यमा भनिएको छ, विदेशबाट कति आयात गर्ने र नेपाली किसानले उत्पादन गरेको उत्पादनले कति बजार धान्न सक्छ भन्ने कुराको एकिन नहुनाले किसान मारमा परेको जनाइएको छ। समस्या माधानका लागि तत्काल एक अधिकार सम्पन्न उच्चस्तरीय समिति गठन गर्न पनि सरकारसँग माग समेत गरेको छ ।

फोर एच नेपालले साना नेपाली किसानलाई पूर्ण अनुदान तथा व्यवसायिक किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउन माग गरेको छ । आवश्यकताका आधारमा मात्र विदेशबाट तरकारी आयात गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग अनुरोध गरेको छ । वक्तव्यमा भनिएको छ, घाटामा रहेको किसानलाई न्यूनतम बजार मूल्यनिर्धारण गरी उचित क्षतिपूर्ति दिलाउन नेपाल सरकारसँग माग गरेको छ ।

फोर एच नेपालले एक दशकदेखि कृषिमा युवा सहभागिता तथा कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ ।

No description available.

  • २६ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !