जबराविरुद्धको महाअभियोग प्रस्ताव नयाँ संसदमा लैजान सांसदहरु सहमत

आजभोलि

काठमाडौं । सर्वोच्च अदालतको निलम्बित पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा विरुद्ध प्रतिनिधिसभामा अलपत्र परेको महाभियोग प्रस्तावमा छलफल हुने भएको छ । आज सिंहदरबारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा सहभागी सांसदहरु प्रतिनिधिसभाको कार्यकाल पाँच महिनाभन्दा कम भएर महाअभियोग टुङ्ग्याउन नसके चुनावपछि आउने संसदले स्वीकार्नुपर्नेमा सहमत भएका हुन् ।

छलफलमा महाअभियोग लगिसकेको अवस्थामा टुङ्गोमा पुर्‍याउने व्यवस्था नियमावलीमै हुनुपर्ने माग भएको थियो । नियमावलीमा स्पष्ट व्यवस्था भएपछि महाअभियोगबारे के हुने भन्ने विवाद अन्त्य हुने विश्वास गरिएको छ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग अहिले पनि संसद सचिवालयमा विचाराधीन छ । संसदको कार्यकाल सकिएर नयाँ संसद आएपछि महाअभियोग के हुने निश्चित छैन ।

समितिमा राष्ट्रपति र उपराष्ट्रपतिलाई महाअभियोग लागेमा तीन महिनाभित्र तथा संवैधानिक प्रमुख वा सदस्यको महाभियोग प्रस्ताव पाँच महिनाभित्र टुङ्गो लगाउनुपर्ने सहमति पनि जुटेको छ ।

  • २ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !