छत्तीसगढमा दुई जना प्रहरीको हत्या

आजभोलि

नयाँदिल्ली । मध्य भारतको छत्तीसगढ राज्यमा नक्सलवादीले दुई जना प्रहरीको हत्या गरेका छन् ।

राज्यको राजनान्द जिल्लाको बोर्तलाब क्षेत्रमा नक्सलवादीले उनीहरूको हत्या गरेका प्रहरीले जनाएको छ । आज बिहान बोर्तलाब क्षेत्रमा नक्सलवादीले प्रहरीमाथि गोली चलाएका तथा घटनास्थलमा नै एक जनाको मृत्यु भएको राज्यका वरिष्ठ प्रहरी अधिकारी अभिषेक मीनाले जानकारी दिएका छन् ।

आक्रमणमा घाइते भएका अर्का प्रहरी जवानको अस्पताल लैजानेक्रममा बाटोमा मृत्यु भएको उनले बताए । प्रहरी जवानद्वय मोटरसाइकलमा बोर्तलाब प्रहरी शिविरतर्फ गइरहेका बेला आक्रमण भएको थियो ।

प्रहरी मारिएपछि घटनास्थल वरपर प्रहरी र अर्धसैनिक टोलीले आक्रमणकारीको खोजी गरिरहेको छ। भारतको मध्य र पूर्वी भागमा सक्रिय नक्सलवादीले सुरक्षाकर्मीमाथि बेलाबेलामा घातक आक्रमण गर्दै आएका छन् । नक्सलवादीविरुद्ध केन्द्रीय सरकारले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरे पनि विद्रोहीका चपेटामा धेरै गरिब भारतीय परेका छन् । नक्सलवादी आक्रमणबाट हजारौँ विस्थापित भएका छन् भने सयौँले ज्यान गुमाएका छन् ।

  • ८ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !