गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढ्यो

आजभोलि

ललितपुर (गोदावरी) । गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढेको छ । कोरोना महामारीका कारण लगातार दुई वर्ष आम्दानी घटे पनि यो वर्ष भने आम्दानी बढेको हो ।

उद्यानका सूचना अधिकारी गौरव परमारले यो वर्ष यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेसँगै आम्दानी पनि बढेको बताए । उनका अनुसार यो वर्ष वैशाखदेखि फागुनसम्म टिकट बिक्रीबाट मात्रै रू एक करोड ७९ लाख ९१ हजार पाँच सय ४० आम्दानी भएको छ ।

“कोरोना महामारीको समयमा २०७७ र २०७८ सालमा जम्मा रू ७८ लाख ३६ हजार ७५८ आम्दानी भएको थियो”, उनले भने, “यस वर्षभने राम्रो आम्दानी भएको छ ।” उद्याम घुम्नका लागि ११ महिनामा तीन लाख २८ हजार नौ सय ६० जना आन्तरिक पर्यटक र एक हजार आठ सय २१ जना विदेशी पर्यटक यहाँ आएको उनले जानकारी दिए ।

उद्यानमा प्रत्येक वर्ष औसतमा चार लाखभन्दा बढी विद्यार्थी उद्यान भ्रमणका लागि आउने गरेको उनको भनाइ छ । विसंं २०१९ कात्तिक १२ मा राजा महेन्द्रले उद्घाटन गरेको शाही वनस्पति उद्यानको नाम परिवर्तन गरी विसं २०६३ असार १९ मा राष्ट्रिय वनस्पति उद्यान बनाइएको थियो । उद्यान भ्रमणमा आउनेहरुको सुविधाका लागि खाजा घर, विद्युतीय सवारीबाट अवलोकनको व्यवस्था गरिएको छ । साथै आन्तुकले यहाँ विभिन्न प्रजातिका विरुवा खरिद गर्न पनि सक्छन् । उद्यानमा सामान्यतया विद्यार्थीहरु शैक्षिक भ्रमणमा आउने गरेका छन् भने वनस्पति अनुसन्धानकर्ताका लागि पनि यो गन्तव्य बन्दै आएको छ ।

 

  • ३ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !