किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम

आजभोलि

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएको छ । गाउँपालिकाले वडा नम्बर ६ स्थित डाँडाथोकमा किसानलाई जैविक मल बनाउने तालिम दिएको गाउँपालिका कृषि शाखाका प्रमुख रोजिना मग्रातीले जानकारी दिइन् ।

“सहकारी संस्थामा आबद्ध रहेका ४० जना किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने सिकाइएको हो”, उनले भनिन्,“रासायनिक मलको अत्यधिक प्रयोग माटो बिग्रने भएकाले किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्नका लागि पनि तालिम प्रभावकारी भएको छ ।”

प्राङ्गारिक तथा जैविक मलको प्रयोगबाट उत्पादन हुने खाद्य वस्तुले मानिसको स्वास्थ्यमा समेत हानी नपुग्ने भएकाले गाउँपालिकाभित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा जोड दिँदै आएको मग्रातीले बताइन् । गाउँपालिकाले ‘रासायनिक मललाई नियन्त्रण गरौ, जैविक र प्राङ्गारिक मलको प्रयोग गराैँ स्वास्थ्य बनौँ’, भन्ने नारासहित वडावडामा पुगेर किसानलाई तालिम दिँदै आएको हो ।

चालु आर्थिक वर्षभित्रमा गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम प्रदान गरिसकेको उनले जानकारी दिइन् । सहभागीलाई सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउने गरिएकाले किसानका लागि तालिम प्रभावकारी भएको मग्रातीको भनाइ छ ।

रासायनिक मलको अभाव भोग्दै आएका किसान टोलटोलमा पुगेर गाउँपालिकाले प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएपछि खुसी भएका छन् ।

  • ४ चैत्र २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !