एक सयभन्दा बढी आईएस लडाकु मारिए

आजभोलि

काबुल । अफगानिस्तानको कार्यवाहक सरकारको सुरक्षा बलले विगत १२ महिनामा दाएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध १०० जनाभन्दा बढी लडाकुहरूलाई मारेको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले मङ्गलबार उल्लेख गरेको छ ।

निजी म सञ्चार माध्यमका अनुसार सुरक्षा बलहरूले काबुल, बाल्ख, हेरात र अफगानिस्तानका अन्य भागहरूमा आईएस लडाकुहरू लुकेका ठाउँहरूमा पछिल्लो समय ७० भन्दा बढी सैन्य कारवाही गरेका छन् ।

सन् २०२१ अगष्टमा तालिबानले देश कब्जा गरेपछि सुरक्षा स्थितिमा उल्लेखनीय सुधार आएको भए पनि युद्धग्रस्त देशले धेरैजसो आत्मघाती बम आक्रमण र आतङ्कवादी हमलाहरूको भने सामना गरिराखेको छ । पछिल्ला आतङ्कवादी हमलाको जिम्मेवारी भने आइएसले लिएको छ । उत्तरी बाल्ख प्रान्तमा भएको उक्त हमलामा प्रान्तीय गभर्नरको मृत्यु भएको थियो भने पाँच जना पत्रकारसहित थुप्रै घाइते भएका थिए ।

तर विदेश मन्त्री मौलावी अमिर खान मुत्ताकीले अफगानिस्तानको कुनै पनि भागमा आइएसको अस्तित्व नभएको दाबी गर्दै आईएस समूहलाई खतराको रूपमा अस्वीकार गरेका छन् । यसअघि तालिबानद्वारा सञ्चालित कार्यवाहक प्रशासनका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले दाएस “गम्भीर खतरा होइन“ र सुरक्षा बलहरूले उग्रवादी समूहलाई नियन्त्रणमा लिन सक्ने बताएका थिए ।

 

  • ७ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !