वार्षिक प्रतिवेदन पेश

आजभोलि

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ ।

समितिका सभापति मायाप्रसाद शर्माले ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन ०७८/७९’ पेश गरेका हुन् ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए । त्यस्तै उनले सभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यको नाम मनोनयन गरिएको बेहोरासमेत सदनलाई जानकारी गराएका थिए ।

शोक प्रस्ताव पारित

बैठकले संविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

संविधानसभा सदस्य विमलीको यही चैत ७ मा ७४ वर्षको उमेरमा निधन भएको हो । उनी २०७० सालमा नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्यका रुपमा निर्वाचित भएक िथिइन् ।

राष्ट्रियसभाको अर्को बैठक यही चैत १२ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।
 

  • ८ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !