प्रधानमन्त्री दाहालसँग कांग्रेस नेता खाणको भेट

आजभोलि

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारीरुपमा सञ्चालन गर्नेलगायत विषयमा कुराकानी भएको नेता खाणले जानकारी दिए ।

“प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटभयो । भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारीरूपमा कसरी सञ्चालन गर्ने भन्नेबारेमा कुराकानी भयो,” नेता खाणले भने, “सङ्घीय सरकार विस्तार भएपछि प्रदेशहरूमा पनि गठबन्धन अनुकुलका सरकार विस्तार गर्नेबारेमा कुराकानी भयो ।” सो अवसरमा उहाँहरुबीच मन्त्रिपरिषद् विस्तार बारेसमेत कुराकानी भएको थियो ।

नेता खाणले आजै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेका छन् । जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा पनि उहाँहरुबीच केन्द्र सरकार विस्तार, प्रदेशमा गठबन्धन अनुकूलको सरकार निर्माणलगायतबारे कुराकानी भएको नेता खाणले बताए ।

गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघिको गठबन्धन सरकारमा गृहमन्त्री रहेका नेता खाण प्रतिनिधिसभा निर्वाचनपश्चात् पनि लेनदेनमा सम्झौता गरेर भए पनि गठबन्धन टुटाउन नहुुने पक्षमा थिए ।

केन्द्र र प्रदेशमा हालको सत्ता गठबन्धन दलको सरकार निर्माणका क्रममा नेता खाणले प्रधानमन्त्री दाहाल र जसपा अध्यक्ष यादवसँग आज छुट्टाछुट्टै भेट गरेका हुन् ।

 

  • १० चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !