महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल

आजभोलि

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ । गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलो हुने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बताए ।

पालिकाभित्रका महिला स्वास्थ्य स्वयंविकालाई सूचना प्रभावकारी गर्नका लागि सादा मोबाइल सेट वितरण गरिएको छ । स्वास्थ्य शाखा प्रमुख चौलागाईंले भने, “गाउँपालिकाको वडा नं १, २ र ३ का २६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई बिहीबार मोबाइल वितरण गरिएको छ ।”

गाउँपालिकाका बाँकी वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई पनि मोबाइल वितरण गरिने गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा रिपोर्टिङ गर्न तथा सूचना आदानप्रदान गर्न गाउँपालिकाकै नाममा सिम निकालेर प्रदान गरिएको छ । हेर्दा सानो काम भए पनि ग्रामीण भेगका महिलालाई स्वास्थ्य सेवासम्बन्धी कुनै जानकारी र सेवा प्रवाहमा सहज होस् भनेर पालिकाले उक्त काम गरेको अध्यक्ष चौलागाईंको भनाइ छ ।

महिला स्वास्थ्य स्वयंसेविका काली शाहीले गाउँपालिकाले यो सेवा दिएकामा यहाँका महिलालाई राहत पुगेको बताए । स्वास्थ्य स्वयंसेविका मोतीपुरा रावतले नेपाल सरकार र स्थानीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको जीवनयापनका विषयमा ध्यान दिन आवश्यक रहेको जानकारी दिए ।

महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु पाँच सय खाना, खाजा, यातायातका लागि सहयोग गर्दै आएको छ । सङ्घीय सरकारले बर्सेनि पोशाकसहित रु २२ हजार उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

 

  • १० चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !