महिला कृषकलाई तरकारी खेती तालिम दिँदै

आजभोलि

सिमकोट । हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिका कृषि शाखाले महिला कृषकका लागि तरकारी खेतीसम्बन्धी दुईदिने तालिम सञ्चालन गरेको छ ।

‘महिला आयाआर्जनका’ लागि मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम आयोजना गरिएको हो । सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका स्थानीय महिला कृषकका लागि तालिम सञ्चालन गरिएको कृषि शाखा नायबसुब्बा विमला सिंहले बताए । कम्तीमा महिलाको भान्सामा अग्र्यानिक तरकारी पुग्न सकोस् भन्ने उद्देश्यले सञ्चालित तालिमबाट महिलाले जीविकोपार्जनसमेत गर्न सक्ने भएकाले तालिम सञ्चालन गरिएको सिंहले बताए ।

वडा नं ६ माथिल्लो गाउँका १५ दलित महिला कृषकलाई लक्षित गर्दै सञ्चालन गरिएको तालिमको सहजीकरण सिंह र जेटिए सुन्दर रावतले गरेका थिए । तालिममा सहभागी १५ दलित महिला कृषकलाई ग्रिनहाउस निर्माणका लागि प्रतिमहिला एक–एक थान त्रिपाल वितरण गरिएको थियो । साथै उनीहरुलाई तरकारीको बीउ निःशुल्क वितरण गरिएको थियो ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय हुम्लालाई काठमाडाँैको नेपाल हेल्थ ट्रष्टले औषधि सहयोग गरेको छ । हेल्थ ट्रष्टबाट तीन सय १८ प्रकारको औषधि सहयोग प्राप्त भएको कार्यालयका निमित्त प्रमुख प्रेमबहादुुर सिंहले बताउनुभयो । ट्रष्टले रु चार लाख ५० हजारको औषधि सहयोग गरेको हो ।

 

  • ८ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !