प्रतिभा प्रस्फुटन गर्ने माध्यम टिकटक

आजभोलि

दोधारा चाँदनी । बदलिँदो समयसँगै मानिसले मनोरञ्जन गर्ने माध्यमसमेत परिवर्तन हुँदै गएका छन । प्रविधिको तीव्र विकासँगै विकास भएका सामाजिक सञ्जाल अहिलेको मानिसको मनोरञ्जनको प्रमुख माध्यम बनेको छ । त्यसमा पनि पछिल्लो समय टिकटकमा रमाउने बढी छन् ।

मानिसका लागि मनोरञ्जन मात्रै नभइ टिकटक आजकल प्रतिभा प्रस्फुटन गर्ने माध्यम भएको छ । टिकटकमार्फत गीतमा अभिनय गर्ने कञ्चनपुर भीमदत्त नगरपालिका– १८ का नरेश जोशी अहिले म्युजिक भिडियोमा पनि अभिनय गर्न थालेका छन् । सुरुवाती समयमा टिकटकमा अभिनय गरेका भिडियो सार्वजनिक गर्न थालेपछि उहाँको अभिनय मन पराउनेको सङ्ख्या धेरै भयो ।

टिकटकमार्फत नै चर्चामा आएका उनी पछिल्लो समय देउडा गीतमा अभिनय गर्न खोजिने पात्र बनेका छन् । “टिकटकमा अभिनय गरेका भिडियो राख्थे पछि म्युजिक भिडियोमा पनि अभिनय गर्ने अवसर पाए”, जोशीले भने,“अहिलेसम्म एकदर्जन बढी भिडियोमा अभिनय गरिसकेको छु ।” विशेषगरी देउडा गीतमा अभिनयका लागि अफर आउने गरेको उनले बताए । लामो समय रोजगारीका लागि भारत बसेका उनी केही वर्षयता कञ्चनपुरमा अटो व्यवसाय सञ्चालन गरिराखेका छन् “परिवारको जोहो गर्न अटो चलाउछु अभिनय त कहिलेकाही मात्रै हो”, उनले भने, “अभिनयबाटै घरपरिवार चल्ने नदेखेपछि अटो व्यवसाय पनि गरिराखेको छु ।”

कोरोना भाइरस महामारी फैलिएका वर्ष समय बिताउन मानिसलाई सजिलो माध्यम बन्यो टिकटक । त्यसयता नै नेपालमा पनि टिकटकको चर्चा एकाएक चुलियो । यसले कयौँ मानिसका प्रतिभालाई बजारमा परिचित गरायो । कयौँ मानिसलाई लोकप्रिय बनायो नाम पनि नसुनिएका ठाउँलाई एकाएक पर्यटन क्षेत्र बनायो । कक्षा १२ पास गरेर उच्च शिक्षा अध्ययनका लागि महेन्द्रनगर आएकी बैतडीकी प्रतिभा भट्ट पनि अहिले चर्चामा छिन् ।

बैतडी बस्दासम्म मोबाइलसमेत नभएकी उनी अहिले देउडा गीत गाएका भिडियो टिकटकमा राखेर चर्चामा छिन् । “बैतडीबाट महेन्द्रनगर आए पनि एकदिन देउडा गीत गाएको भिडियो टिकटकमा राखे”, भट्टले भनिन्, “टिकटकमा फलोअर्स र भ्यूज धेरै आयो साथीहरुले पनि राम्रो छ अझ गाउनुपर्छ भने ।” उहाँले पछि स्वर राम्रो छ अझै गाउनुप¥यो भनेर अनुरोध आउन थालेपछि थप भिडियो टिकटकमा पोष्ट गर्न थालेको बताइन् ।

त्यसैगरी, यहाँका लक्ष्मण अधिकारी पनि टिकटक प्रतिभा प्रस्फुटन गर्ने प्रमुख माध्यम बनेको बताउँछन् । “मैले टिकटकमा देउडा गीतको मात्रै भिडियो बनाउने गरेको छु”, उनले भने, “सबैले देउडा गीत पनि हेरुन् सुनुन् हाम्रो भाषा संस्कृतिको पनि प्रचार होस् भन्ने उद्देश्य पनि हो ।” देउडा गीतमा अभिनयसँगै आफ्नै स्वरमा गीतसमेत बजारमा ल्याएको उनले बताए । अहिले उनका ‘दुवैको लाहुर्या’ लगायतका गीत चर्चामा छन् ।

  • २५ बैशाख २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !