दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ हुने

आजभोलि

काठमाडौँ । चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आगामी असार १,२ र ३ गते दाङमा आयोजना गर्ने भएको छ । मंगलवार गते बसेको बोर्ड बैठकले सो निर्णय गरेको सदस्य रवि अधिकारीले जानकारी दिए ।

महोत्सवमा बालबालिकासँग सम्बन्धित लामा तथा छोटा शिक्षामूलक चलचित्रको प्रदर्शनी हुनेछ । साथै, चलचित्र ज्ञानसम्बन्धी हाजिरी जबाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगितासमेत हुनेछ ।

“बालबालिका माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउने, बालबालिकालाई चलचित्रको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा सञ्चालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सवमा नेपालका बालबालिका तथा उनीहरुले बनाएका चलचित्र सहभागी गराउन मद्दत पुÞ¥याउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको हो”,सदस्य अधिकारीले भने ।

महोत्सवको दौरान ‘बालबालिकासँग भुवन केसी’ खण्ड आयोजना हुनेछ । जहाँ स्थानीय झाँक्री र सांस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शन हुने सदस्य अधिकारीले जानकारी दिए ।

  • ३ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !