पूर्वप्रधानमन्त्री राजपाक्षमाथिको यात्रा प्रतिबन्ध हट्यो

आजभोलि

कोलम्बो । श्रीलङ्काको एक अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध खारेज गरेको छ ।

लङ्कन समाचार संस्था न्युज फस्र्टका अनुसार पूर्वप्रधानमन्त्री राजपाक्षसँगै सांसद रोहिता अबेगुनावर्देना, मन्त्री पवित्र वान्नियारच्ची र पूर्व प्रान्तीय परिषद् सदस्य कञ्चना जयरत्नेविरुद्धको यात्रा प्रतिबन्ध फोर्ट मजिस्ट्रेट अदालतले बुधबार हटाएको हो ।

गत वर्षको मे ९ मा कोलम्बोमा सरकारविरुद्ध भएको शान्तिपूर्ण विरोधप्रदर्शनमा घातक हमला गराएको अभियोगको अनुसन्धानलाई दृष्टिगत गरी राजपाक्षसहित अन्य व्यक्तिमाथि विदेशयात्राको प्रतिबन्ध लगाइएको थियो ।

अदालतको आदेश अध्यागमन अधिकारीसमक्ष पु¥याउने निर्देशन पनि न्यायालयले गरेको छ । सांसद मिलन जयथिलाकेसहित अन्य दुई जनामाथिको यात्रा प्रतिबन्धलाई भने अदालतले निरन्तरता दिएको छ । उक्त मुद्दाको सुनुवाई भने परसारिएको छ ।

 

  • ४ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !