कम हुँदै कोरोना भाइरस सङ्क्रमित

आजभोलि

काठमाडौं । कोरोना भाइरस सङ्क्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सात सय ६८ जनामा गरिएको परीक्षणमा चार जनामा मात्र सङ्क्रमण देखिएको छ । यही जेठ ६ गते १४ जना, जेठ ५ गते ३०, जेठ ४ गते २४, जेठ ३ गते २४, जेठ २ गते २१ र जेठ १ गते २१ जनामा सङ्क्रमण देखिएको छ ।

इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा पनि सङ्क्रमण कम भएकाले नेपालमा घट्दो रहेको बताए। उनले भारतबाट सङ्क्रमित नेपाल नआउनु र कोरोना भाइरस विरुद्धको खोपको प्रभावले सङ्क्रमण घटेको बताए ।

‘भारतमा पनि सङ्क्रमण कम थाल्यो । नेपालमा खोपको प्रभाव देखियो’, उनले भने, ‘समुदायमा खोप लगाएमा मानिसको सङ्ख्यामा धेरै भएकाले सङ्क्रमण पनि सर्न पाएन । त्यसैले सङ्क्रमण घटिरहेको छ ।’ उनले कोरोना भाइरस घट्ने बढ्ने भइरहेकाले अब बढ्दैन भन्ने अवस्था नरहेको बताए ।

अहिलेसम्म ७० जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै तीन आइसोलेशन, एक जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । गत चैत महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखापरेपछि सङ्क्रमण बढेको थियो ।

  • ७ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !