मेक्सिकोमा पत्रकारको गोली हानी हत्या

आजभोलि

पुएब्ला, मेक्सिको । मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा मङ्गलबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ ।

मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको थियो । उहाँले दशकौंसम्म विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए ।

अभियोजकको कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को मेक्सिकन शाखाले सरकारी कर्मचारीको रूपमा काम गर्ने रामिरेजले संदिग्ध अपराधीहरूलाई पक्राउ गर्न योगदान पु¥्याएको बताए । उनले भने, “आरएसएफले छिटो र पारदर्शी अनुसन्धानको माग गर्दछ ।”

गैरसरकारी सञ्चार अधिकार समूहले ‘हत्या नगरपालिका अधिकारीको रूपमा उहाँको कामसँग सम्बन्धित थियो वा उहाँको पत्रकारिताको अभ्याससँग सम्बन्धित थियो छानबीन गर्न’ उभियुक्तलाई कानुनी कारबाहीको दायरामा तत्काल ल्याउन आग्रह गरेको छ ।

सन् २००० यता मेक्सिकोमा १५० भन्दा बढी पत्रकारको हत्या भइसकेको छ । अधिकांश हत्याका घटनामा सजाय दिइएको छैन ।

  • १० जेष्ठ २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !