काठको आयात रोकी निर्यात गर्न सकिन्छ : मन्त्री महतो

आजभोलि

काठमाडौँ । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले वन तथा वातावरण मन्त्रालय ठूलो सम्भावना भएको मन्त्रालय रहेकाले यस अन्तर्गतका स्रोतसाधनको परिचालन गरी मुलुकको आर्थिक समृद्धि र रोजगारीमा योगदान दिन सकिने बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्दै उनले अहिले जङ्गलमा कुहिएर रहेका काठको उपयोग गरी विदेशी काठ आयात रोक्न र निर्यातको समेत सम्भावना रहेको उल्लेख गरे ।

उनले भने, “यसमा देखिएका कानुनी जटिलतालाई सहजीकरण गर्न मन्त्रालय तयार छ, जडीबुटीको पनि मुलुकमा ठूलो सम्भावना छ । त्यसको परिचालन र उपयोग गरी रोजगारी र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ, त्यसतर्फ काम गर्नुपर्छ ।”

नेपालको जलविद्युत् परियोजनाको क्षेत्रमा देखिएका वातावरणीय जटिलतालाई सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री महतोले वातावरणीय भविष्यलाई पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

उनलाई मन्त्रालयमा सचिव डा रेवतीरमण पौडेल र मन्त्रालयका कर्मचारीले स्वागत अभिवादन गरेका थिए । जनता समाजवादी पार्टी नेपालका तर्फबाट उनी मन्त्रिमण्डमा सामेलभएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले आजै पद तथा गोपनीयताको शपथ लिएका थिए ।

 

  • १० जेष्ठ २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !