जम्मु बस दुर्घटनाः दश जनाको मृत्यु, पचपन्न घाइते

आजभोलि

जम्मु कश्मीर । जम्मू–श्रीनगर राष्ट्रिय राजमार्गमा आज बिहान एउटा बस गहिरो खाडलमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएका छन् । शवहरू शल्य परीक्षणका निम्ति अस्पताल पठाइएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार बस अमृतसरबाट कटरातर्फ गइरहेको थियो । घाइते सबै यात्रीलाई उद्धार गरिएको जम्मुका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्दन कोहलीले बताएका छन् । त्यहाँ उद्धारका काम पनि पूरा भएको छ । सबै घाइतेलाई अस्पताल पु¥याइएको छ । उद्धारमा अर्धसैनिक टोली र राज्य विपद् प्रतिक्रिया विभागका कर्मचारीले प्रहरीलाई सघाएका थिए ।

बसले क्षमताभन्दा बढी यात्री बोकेको प्रहरीले बताएको छ । त्यससम्बन्धमा अनुसन्धान गरिने एसएसपी कोहलीले बताए । बसमा विहार राज्यबाट आएका यात्रीका साथै अमृतसरका मानिस पनि सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

  • १६ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !