अमेरिकाको बोष्टनमा पशुपतिनाथ र बुद्धमन्दिर स्थापना

न्यू इंग्ल्याण्ड क्षेत्रमै नेपालीहरूको पहिलो मन्दिर र सामुदायिक भवन

गोपीकृष्ण भट्टराई

बोष्टन । अमेरिकाको बोष्टनमा पशुपतिनाथ र बुद्ध मन्दिर स्थापना र समुदायिक भवनको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । बोष्टन आसपासमा रहेका नेपालीले स्थापना गरेको पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड(प्याब्फोन) नामक संस्थाले विभिन्न धार्मिक कार्यक्रम गरी मन्दिरको सस्थापना र सामुदायिक भवनको  उद्गघाटन रेको हो ।

मे २७ तारिकदेखि भएको बौद्ध तथा हिन्दु धर्मसम्बन्धित विविध कार्यक्रम मे ३० सम्म संचालन भएको थियो ।

मे २७ तारिकका दिन बुद्ध भगवानको मुर्तिको प्राणप्रतष्ठा गरिएको थियो । त्यसदिन क्षेत्रपाल पूजा, संकल्प पूजा, गरूमण्डल पूजा, कला चर्ण पूजा, यज्ञ विधान, लसकुश प्रतिष्ठान, इहि पूजा, गुरू गुरूमा पूजा तथा कालभिषेक पूजा गरिएको थियो ।

त्यसैगरी मे २८ तारिका दिन नित्य पूजा, दीप प्रदान, महापरित्राण पाठ, भिक्षु तथा लामा भन्तेहरूबाट दानप्रदान तथा शुभकामना आदानप्रदान गरिएको थियो ।

२८ तारिककै दिन पशुपति मन्दिरमा सबै देविदेवता, योगिनी यज्ञवास्तु ग्रहपूजा, लिंगतोभद्र, सर्वतोभद्रादिकालगायतको पूजपाठ गरिएको थियो संस्थाका सदस्य संगित निरौलाले जानकारी दिए ।

धार्मिक कार्यक्रममा मे २९ तारिकका दिन एक लघुरूद्री पाठ र होम सहितको धार्मिक कार्यक्रम गरिएको थियो । त्यसैगरी ३० तारिकका दिन पशुपतिनाथ तथा अन्य देवताहरूको प्रणाप्रतिष्ठा गरिएको थियो ।

३० तारिकका दिन प्राणप्रतिष्ठा गर्नुपूर्व विशेष झांकी बाजागाजासहित भजन कीर्तन गर्दै नगर परिक्रमा गरिनुका साथै प्राणप्रतिष्ठा पछि १०८ कलशका जलबाट भगवानहरूमा अभिषेक गरि संक्षिप्त पूजा भएको थियो ।

सामुदायिक भवन तथा मन्दिरको प्राण प्रतिष्ठा अन्तर्गत पशुपतिनाथ मन्दिरतर्फको पूजापाठको मुख्य जिम्मेवारी सम्हालेका हरिप्रसाद काफ्लेलेका अनुसार भगवान पशुपतिनाथलाई अन्नाधिवास, औसध्याधिवास र पु्ष्पाधिवासमा राखिएको र मे ३० तारिखमा भगवानलाई बस्त्राधिवास र सैय्याधिवास गरिएको थियो।

यस अवधिमा बुद्ध र हिन्दु धर्मअनुसार विभिन्न पूजापाठ होमहोमादी गरिएको गरि बुद्ध र शिव भगवानको प्रतिमाको प्राण प्रतिष्ठा गरिएको नरूउठ निवासी सिन्धु पोखरेलले आजभोलीलाई जानकारी दिए ।

कार्यक्रम अवधिमा हरेक साँझ भजन किर्तन गर्नुका साथै बटुकहरूको उपनयन कार्यक्रमसमेत गरिएको थियो ।

प्राण प्रतिस्ठा तथा समुद्भाटन कार्यक्रमको संयोजक प्रल्हाद केसी रहेका थिए भने बुद्ध भगवानको प्राण प्रतिष्ठाको संयोजक समन्त श्रिरत्न बज्रचार्य रहेका थिए ।

संस्थाका सदस्य संगित निरौलाका अनुसार यस धार्मिक कार्यक्रमा ५१ हजार डलर सहयोग उठेको र मन्दिरको प्राणप्रतिष्ठा काक्रममा दान भएको भेटी गणना हुन बाँकी रहेकोछ।

विभिन्न लामा तथा पुरोहितहरूबाट बुद्ध तथा हिन्दु देवताको प्रतिमाको प्राणप्रतिष्ठा गर्ने कार्यमा नेपालीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

बोष्टन क्षेत्रमा हिन्दु  तथा बुद्ध मन्दिर रहेतापनि नेपालीहरूको पहिलो मन्दिर निर्माण हुनु आफैमा गर्वको विषय भएको निरौलाले बताए ।

मन्दिर रहेको सामुदायिक भवन नेपालीहरूले देउसीभैलो, सप्ताह तथा विभिन्न धार्मिक समारोह आयोजना गरी संकलन गरेको रकमबाट किनिएको हो ।

यस भवनको प्रतिदिनको मोर्गेज २५० डोलर रहेको संस्थाका सदस्य संगित निरौलाले जानकारी दिए । उनका अनुसार हालसम्म २ सय घरपरिवारले दैनिक मोर्गेज तिर्नको लागि सहभागिता जनाइसकेको र बाँकीको लागि पहल भैरहेको निरौलाले जानकारी दिए ।

संस्थाका सदस्य नरउड निवासी सिन्धु पोखरेलले कार्यक्रम भब्यरूपले सफल भएको बताए । बोष्टन आसपासमा बस्ने हरेक नेपालीले आफ्नो गोजीबाट पैसा संकलन गरी मन्दिर तथा सामुदायिक भवन बन्नु चानचुने कुरा नभएको भन्दै सबै मानिसको चित बुझाउन नसकिने जिकिर गरे । मन्दिर तथा सामुदायिक भवन सबैलाई पाएक पर्ने ठाउँमा नभएको भन्ने गुनासो आइरहेको छ नी भन्ने प्रश्नमा उनले भने, “हो हामीलाई टन्नै पार्की सुविधा भएको स्थान आवश्यक थियो । बोष्टनको डाउनटाउनमै बनाउन मन थियो । तर हामीले व्यक्तिगतरूपमा संकलन गरिएको रक़मबाट त्यों सम्भव थिएन । हामीले आफ्नो ल्याकत अनुसारको काम गर्यो त्यो नै सफलता हो ।

नेपाली मन्दिर अधिकांश नेपालीहरूको बस्तीबाट टाढा भएको  भन्दै जनक नेपालले मन्दिरको बाहिरी भागमा यशुको रातो क्रस चिन्ह हटाएर उक्त ठाउमा शिबजी सहितको डमरू त्रिशुल चिन्ह राख्न फेसबुक मार्फत सुझाव दिएका छन् ।

फोटो: राजु बजागाईं

  • १७ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !